बिहीबार गर्धनमा हसिया प्रहार गरेर ६२ वर्षीय ठाकुरप्रसाद ओलीले १७ वर्षीया छोरा कृष्ण ओलीको हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीले ठाकुरप्रसादलाई नियन्त्रणमा लिएको छ ।

घरायसी विवादका कारण हत्या भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

‘छोरा लागूऔषधमा फसेको भन्दै घरमा विवादका भइरहेको देखिन्छ,’ इलाका प्रहरी कार्यालय कोहलपुरका इनसपेक्टर होमप्रसाद चौधरीले भने, ‘त्यही विषयमा विवाद बढ्दै गएपछि हत्या भएको देखिन्छ ।’

" /> बाँकेको कोहलपुरमा बाबुले गरे छोराको हत्या - Sarbocha Media

बाँकेको कोहलपुरमा बाबुले गरे छोराको हत्या

`

     २०७८ ज्येष्ठ १३ गते ७:४५

बाँके, १३ जेठ । बाँकेको कोहलपुर नगरपालिका– १२ चपरगौडीमा एक जनाले आफ्नै छोरालाई धारिलो हतियार प्रयोग गरी हत्या गरेका छन् ।

बिहीबार गर्धनमा हसिया प्रहार गरेर ६२ वर्षीय ठाकुरप्रसाद ओलीले १७ वर्षीया छोरा कृष्ण ओलीको हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीले ठाकुरप्रसादलाई नियन्त्रणमा लिएको छ ।

घरायसी विवादका कारण हत्या भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

‘छोरा लागूऔषधमा फसेको भन्दै घरमा विवादका भइरहेको देखिन्छ,’ इलाका प्रहरी कार्यालय कोहलपुरका इनसपेक्टर होमप्रसाद चौधरीले भने, ‘त्यही विषयमा विवाद बढ्दै गएपछि हत्या भएको देखिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?