कास्की, ३ वैशख । पोखरा महानगरपालिका–३ नदीपुरबाट नियन्त्रित लागूऔषध १ सय पिस ट्रेप्पल सहित पोखरा महानगरपालिका–२ बाग्लुङ बसपार्क बस्ने २० वर्षीय किस्मत पौडेल समेत २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
ग.६ प ६९४० नम्बरको स्कुटरलाई अस्थाई प्रहरी पोष्ट नदिपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।




