काठमाडौँ, ३० चैत। सुन पसलको सटर फोडेर गरगहना र नगद चोरी गरेको आरोपमा प्रहरीले काठमाडौँबाट एकजनालाई पक्राउ गरेको छ ।
म्याग्दीको मालिका गाउँपालिका–२ घर भई काठमाडौँको तारकेश्वर बस्दै आएका २८ वर्षीय दिलीप भनिने दिलबहादुर पुनलाई शनिबार पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
पुनमाथि २०७६ फागुन १८ गते राति पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका–५ कांग्रेस चोकस्थित मोनिका सुनचाँदी पसलको सटर फोडेर करिब ७० तोला सुनका गहना र सात लाख रुपैयाँ नगद चोरी गरेको आरोप छ ।
पक्राउ परेका पुनलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासी पठाइएको प्रहरीले जनाएको छ ।




