चितवन, १६ चैत । भरतपुर महानगरपालिका–११ भोजाड चोकबाट सानो पेस्तोलमा लाग्ने ३ वटा गोली सहित चितवन रत्ननगर नगरपालिका–१२ जमुनापुर बस्ने २० वर्षीय निर्मल बुढा मगरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पदमपुरबाट विशालचोकतर्फ आईरहेको ना.२१ प ७२६१ नम्बरको मोटरसाइकललाई प्रहरी बिट भोजाडबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई झोलामा चस्माको खोलभित्र लुकाई राखेको उक्त गोली सहित फेला पारी पक्राउ गरेको हो।
यस बिषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




