सिन्धुली, १३ चैत । कमलामाई नगरपालिका–९ भिमानबाट नियन्त्रित लागूऔषध १७ बोतल डाईलेक्स डिसी, १० ग्राम अवैध लागूऔषध गाँजा र ३ ट्याब्लेट नाईट्राभेट सहित सप्तरी राजबिराज नगरपालिका–५ हिमाल टोल बस्ने २६ वर्षीय शैलेश कर्णलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
राजबिराजबाट काठमाडौँतर्फ जाँदै गरेको बा.५ ख ३६१ नम्बरको हाईसलाई भिमानस्थित चेकप्वाइन्टमा प्रहरीले जाँच गर्ने क्रममा हाईसमा सवार उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो।
कास्की, पोखरा महानगरपालिका–२७ डाँडाको नाकबाट नियन्त्रित लागूऔषध ६ एम्पुल नुफिन, ६ एम्पुल डाइजेपाम र ६ एम्पुल फेनरागन सहित सोही महानगरपालिका–२ अर्चलबोट बस्ने २१ वर्षीय राहुल श्रेष्ठलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ।
वीरगञ्जबाट पोखरातर्फ आउँदै गरेको ग.१ ख ९७५८ नम्बरको बसलाई ईलाका प्रहरी कार्यालय शिसुवाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।




