वैदेशिक रोजगार न्यायाधिकरणको २०६८ माघ १७ गतेको फैसलाले १ वर्ष ६ महिना कैद र २५ हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका पौडेललाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले काठमाडौँ बागबजारमा लुकीछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

साथै, सिंगापुरमा आकर्षक रोजगारीको प्रलोभन देखाई, झुक्यानमा पारी पीडितसँग ४ लाख ५० हजार रुपैयाँ लिई दुबई पठाई ठगी गरेको वैदेशिक रोजगार सम्बन्धि कसूरमा वैदेशिक रोजगार न्यायाधिकरण काठमाडौँबाट प्रतिवादी पौडेललाई वैदेशिक रोजगार ऐन, २०४२ को दफा २४ को उपदफा ५ बमोजिम उक्त सजाय भएको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।

पौडेललाई फैसला कार्यान्वयनको लागि काठमाडौँ जिल्ला अदालतमा पेश गरिएको उक्त ब्यूरोले जनाएको छ ।

" /> वैदेशिक रोजगार ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ - Sarbocha Media

वैदेशिक रोजगार ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

`

     २०७७ फाल्गुन १७ गते १२:०२

काठमाडौँ, १७ फागुन । वैदेशिक रोजगार ठगी मुद्दामा फरार रहेका प्रतिवादी नवलपरासी देवचुली नगरपालिका–१३ घर भई रिलायवल एच.आर. सोलुसन प्रालिका संचालक ४८ वर्षीय गुरुदत्त पौडेललाई काठमाडौँ बागबजारबाट आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

वैदेशिक रोजगार न्यायाधिकरणको २०६८ माघ १७ गतेको फैसलाले १ वर्ष ६ महिना कैद र २५ हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका पौडेललाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले काठमाडौँ बागबजारमा लुकीछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

साथै, सिंगापुरमा आकर्षक रोजगारीको प्रलोभन देखाई, झुक्यानमा पारी पीडितसँग ४ लाख ५० हजार रुपैयाँ लिई दुबई पठाई ठगी गरेको वैदेशिक रोजगार सम्बन्धि कसूरमा वैदेशिक रोजगार न्यायाधिकरण काठमाडौँबाट प्रतिवादी पौडेललाई वैदेशिक रोजगार ऐन, २०४२ को दफा २४ को उपदफा ५ बमोजिम उक्त सजाय भएको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।

पौडेललाई फैसला कार्यान्वयनको लागि काठमाडौँ जिल्ला अदालतमा पेश गरिएको उक्त ब्यूरोले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?