काठमाडौँ, १७ असोज ।
पूर्वस्वास्थ्यमन्त्री एवम् नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापालाई कोरोना संक्रमण पुष्टि भएको उनको सचिवालयले जनाएको छ ।
संक्रमण पुष्टि हुनु अघि केन्द्रीय समिति बैठकअघि बिहीबार काँग्रेसका नेता, केन्द्रीय कार्यालयका कर्मचारी र सुरक्षाकर्मी गरी १५९ जनाको स्वाब संकलन गरिएको थियो । केन्द्रीय सदस्य थापासहित आमन्त्रित केन्द्रीय सदस्य कल्पना चौधरी, शम्भुलाल श्रेष्ठ र तीनजना सुरक्षाकर्मी र कर्मचारीमा पनि कोरोना देखिएको जनाइएको छ ।
‘असोज १५ गते पार्टी कार्यालयमा भएको पिसिआर परीक्षणमा मलाई कोभिड संक्रमण देखिएको जानकारी पाएँ, । अहिले म घरमै आइसोलेसनमा छु र मेरो स्वास्थ्य अवस्था सामान्य छ । यस बीचमा मेरो सम्पर्कमा रहनुभएका सबैले सजगता अपनाउनुहुन र कुनै समस्या आएमा स्वास्थ्यकर्मीसंग परामर्श गर्नुहुन अनुरोध गर्दछु’, थापाले भने।
त्यसैगरी, केन्द्रीय सदस्य अर्जुननरसिंह केसीसहित केन्द्रीय सदस्यहरु शम्भुलाल श्रेष्ठलगायतमा पनि कोरोना पोजेटिभ भेटिएको थियो ।




