काठमाडौं,सोमबार,१३ कात्तिक। सधैं विवादमा आइरहने निम्स दाइ भनेर चिनिने आरोही निर्मल पुर्जाले सगरमाथा क्षेत्रमा स्काइ डाइभ गरेका छन् । ७ महिना भन्दा कम समयमा ८ हजार मिटर अग्ला हिमालको आरोहण गरिसकेका उनले सगरमाथा क्षेत्रमा स्काइ डाइभ गरेका हुन् ।
निम्सले नेपालको अर्थतन्त्र र पर्यटन क्षेत्रलाई बढावा दिने र यस क्षेत्रमा थप उच्च सीपयुक्त रोजगारी ल्याउने अवसर सिर्जना गर्नका लागि आफूले स्काइ डाइभ गरेको बताए । नेपालमा पनि स्काइडाइभिङको संभावना छ भन्ने पुष्टि गरेको भन्दै उनले यसबाट रोजगारीको सम्भावना बढाउन मद्दत पुग्ने बताए ।
म्याग्दीमा जिल्लामा जन्मेका निम्स पूर्व ब्रिटिस गोर्खा सैनिक हुन्। उनले सन् २०१२ बाट आरोहण थालेका थिए ।उनी हिजोआज विवादमा आइरहेका छन्।




