पछिल्लो हप्तामा सुदूरपश्चिममा ८ जनामा कोरोना सङ्क्रमणका नयाँ भेरियन्ट देखियो

`

     २०८० पौष ११ गते २:४८

काठमाडौँ, पौष ११ । पछिल्लो महिनामा शून्य रहेको कोरोना भाइरसको सङ्क्रमण सुदूरपश्चिम प्रदेशमा पुनः देखिन थालेको छ ।

भारतबाट भित्रिने नागरिकको सीमा नाकामा गरिएको एन्टिजेन परीक्षणबाट पछिल्लो हप्तामा आठजनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।

गौरीफन्टा सीमा नाकास्थित हेल्थ डेस्कका अहेव गणेश साउदले भारतबाट भित्रिने नागरिकमध्ये लक्षण देखिएकाको एन्टिजेन विधिबाट नमूना जाँच गर्दा आठजनामा कोरोनाको सङ्क्रमण फेला परेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?