काठमाडौं, २१ असार । विदेशमा ज्यान गुमाएका नेपालीहरुको शव धमाधम स्वदेश ल्याउन सुरु भएको छ ।
खाडी र मलेसियाबाट एक हप्ताको अवधिमा ३८ नेपालीको शव स्वदेश ल्याइएको जनाइएको छ।
कोरोना महामारीको कारण विदेशमा अल्पत्र परेका नेपालीलाई स्वदेश फिर्ती गरेसंगै शव पनि ल्याउन सुरु भएको छ।

अन्तर्राष्ट्रिय उडान बन्द हुँदा उतै रोकिएका ३३७ मध्ये शनिबारसम्ममा १२५ जनाको शव ल्याइएको छ ।




