advertisement

अन्य मुुलुकमा तीन जनाको ज्यान गएको छ। यसमा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा रहेकाको संख्या २३ छ।

" /> कोरोनाबाट नेपालमा भन्दा विदेशमा पाँच गुणा बढी नेपालीको मृत्यु - Sarbocha Media

कोरोनाबाट नेपालमा भन्दा विदेशमा पाँच गुणा बढी नेपालीको मृत्यु

`

     २०७७ आषाढ १६ गते ४:२१

काठमाडौं, १६ असार । कोरोनाबाट विदेशमा १ सय ३० नेपालीले ज्यान गुमाएको तथ्यांक बाहिर आएको छ ।

नेपालमा भन्दा झन्डै पाँच गुणा बढी नेपालीको विदेशमा ज्यान गएको छ । नेपालमा यसबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ । यसको तुलनामा यो झन्डै पाँच गुणा बढी हो।

१३ मुलुकमा रहेका नेपालीले कोरोनाका कारण ज्यान गुमाएको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जानकारी दिएको छ ।

एनआरएनएका अनुसार सबैभन्दा बढी बेलायतमा ६७ जनाको मृत्यु भएको छ। त्यसपछि संयुक्त अरब इमिरेट्स (यूएई) मा १९, अमेरिकामा १७, साउदीमा ९, कतारमा ७, बहराइनमा ३, टर्की, आयरल्यान्ड, जापान, नेदरल्यान्ड र स्विडेनमा १/१ जना छन्।

advertisement

अन्य मुुलुकमा तीन जनाको ज्यान गएको छ। यसमा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा रहेकाको संख्या २३ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?