साउदी, १० असार । साउदी अरेबियामा अलपत्र परेका नेपालीहरुलाई नेपालमा फर्काइएको छ ।
कोरोना महामारीका कारण साउदी अरेबियामा अलपत्र परेका नेपाली हिमालयन एयरलाइन्स र नेपाल एयरलाइन्सको चार्टर उडानले स्वदेश ल्याएको हो । अहिलेसम्म ८०९ जना फर्केका छन् ।

स्वदेश फिर्ताको लागि अनलाइन फारम तथा टेलिफोन सम्पर्क गरी २० हजार भन्दा बढीले फारम भरेको जनाइएको छ । स्वदेश फिर्ताका लागि दूतावास रियाद र वाणिज्य दूतावास जेद्धाले तत्कालका लागि २८७४ जनाको मात्र नामावली सार्वजिनिक गरेको छ ।




