एजेन्सी, ९ असार । अष्ट्रेलियाबाट आज २५९ जना नेपालीहरु नेपाल आउँदैछन् ।
अष्ट्रेलियाबाट आज पहिलो पटक नेपालीहरुलाई अष्ट्रेलियाबाट अन्नपूर्ण जहाजमार्फत् नेपाल ल्याउन लागेको हो । नेपाल एयरलाइन्सको जहाज सिड्नीबाट १ बजे उडने जनाइएको छ ।

उक्त फ्लाइटमा न्यूजिल्याण्डमा रहेका ११ जना नेपालीहरु पनि रहेको बताइएको छ।




