एजेन्सी, २ असार । अष्ट्रेलियामा रहेका नेपालीहरुलाई नेपाल फर्काइने समय एक साता पछि सरेको छ । यही असार ३ गते हुने भनिएको अष्ट्रेलियामा रहेका नेपाली नागरिकको ‘उद्धार’ उडान स्थगित भएको हो। दूतावासले असार ३ गते नै उडान नहुनमा ‘प्राविधिक कारण’ भएको भन्दै नयाँ मिति सार्वजनिक गरेको छ ।

दूतावासले जारी गरेको सूचना अनुसार अष्ट्रेलियाको सिड्नीबाट अब असार ९ गते अर्थात २३ जुनमा पहिलो चार्टर्ड उडान हुने जनाइएको छ । यस्तै दोस्रो चार्टर्ड उडान मेलबर्नबाट असार १२ गते अर्थात् २६ जुनमा हुने दूतावासले जारी गरेको सूचनामा उल्लेख छ ।
२ जुनसम्म नेपाल फर्कने फाराम भरेका नेपाली नागरिकहरुमध्ये नेपाल सरकारले तोकेको प्राथमिकताका आधारमा पहिलो र दोस्रो सूचीमा परेकाहरुलाई कन्फर्मसेनका लागि इमेल पठाइएको जनाइएको छ ।




