एजेन्सी २७ वैशाख । भारतमा कोरोना भाइरसबाट २८ जना नेपाली संक्रमित भएको पुष्टि भएको छ ।
भारतमा कोरोना भाइरसको संक्रमित नेपालीहरुमध्ये एक जनाको ज्यान गइसकेको दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ । त्यस्तै १२ जना उपचारपछि निको भइसकेका छन् । बाँकी १५ जनालाई उपचार गरिरहेको बताइएको छ ।
कोरोनाबाट ज्यान जाने पाल्पा घर भएका हरियाणा रोहतकका ४५ वर्षीय पुरुष छन् । उनी कामको सिलसिलामा रोहतकमा बस्दै आएका थिए ।

संक्रमित नेपालीहरुमध्ये २३ जना रोजगारीका लागि भारतमा बस्दै आएका हुन् भने अन्य पाँच जना केही महिनाअघि मात्र भारत आएका थिए ।




