काठमाडौं, २२ वैशाख । कुवेतमा कोरोना संक्रमित नेपालीहरुको संख्या ८४ पुगेको छ ।
थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएकोसंगै नेपालीहरुको संख्या ८४ पुगेको हो । ३ मेसम्ममा कुवेतमा ८४ जना नेपालीसहित ४ हजार ९ सय ८३ जनामा कोरोना पुष्टि भएको जनाइएको छ ।

हालसम्म कुवेतमा कोरोनाबाट ज्यान जानेको संख्या ३८ पुगेको छ भने १ हजार ७ सय ७६ जना निको भइसकेको छ ।




