काठमाडौं, १७ वैशाख। बहराइनमा कोरोना भाइरसबाट संक्रमित हुने नेपालीको संख्या १२६ पुगेको छ ।
बहराइनस्थित नेपाली दूतावासका अनुसार थप ७७ जना नेपालीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएसंगै संक्रमितको संख्या १२६ पुगेको हो । संक्रमितको यो तथ्यांक २८ अप्रिल दिउँसो १२ बजेसम्मको रहेको दूतावासले जनाएको छ ।

हालसम्म बहराइनमा २ हजार ८ सय ११ जना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमणकै कारण ८ जनाको मृत्यु भएको छ । उपचारपछि निको भएर घर फर्किनेहरुको संख्या १ हजार ३ सय १० छ । त्यस्तै १ हजार ४ सय ९३ जनामा कोरोना सक्रिया छ ।




