कोरोना भाइरसकाे लक्षण र यसबाट बच्ने उपायहरु

`

     २०७६ माघ २९ गते ७:२१

काठमाडौं, २९ माघ । कोरोना भाइरस विश्वभर फैलिरहेको छ । चीनको वुहानबाट फैलिएको भाइरसबाट १ हजार ११५ को ज्यान गइसकेको छ । ४५ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण भेटिएको छ ।

संक्रमित भएका १ सय ३८ बिरामीको उपचारको विस्तृत जानकारी फेब्रुअरी ७ तारिखमा जर्नल अफ द अमेरिकन मेडिकल असोसिएसन (जेएएमए) मा प्रकाशित भएको थियो । तीमध्ये लगभग सबै बिरामीमा ज्वरो, थकान र सुख्खा खोकी देखियो । यसका साथै, प्रत्येक तेस्रो बिरामीले मांशपेशी दुखेको र सास फेर्न गाह्रो भएको बताए । साथै, १० प्रतिशतमा रिँगटा र झाडा लाग्नेजस्ता सामान्य लक्षण देखियो ।

कोरोना भाइरस हुँदा अरू राेगकाे जस्तै लक्षणहरू देखा पर्ने गरेकाे बताइएकाे छ ।  र यसबाट बच्नका लागि  उपाएहरू पनि रहेकाे छ । भाइरसकाे लक्षण र यसबाट बच्न यपायहरू यस्ता छन् ।

कोरोना भाइरस संक्रमणका लक्षण : 

– रुघा खोकी लाग्नु,

– ज्वरो आउनु

– श्वासप्रश्वासमा अत्याधिक समस्या हुनु,

– घाँटी, टाउको तथा जिउ दुख्ने

– निमोनिया हुनु,

कसरी बच्ने?

– रुघाखोकी तथा श्वासप्रश्वासमा समस्या भएका बिरामीको नजिक नजाने

– नियमित साबुन पानीले हात धुने,

– खोक्दा र हाछ्युँ गर्दा नाक र मुख छोप्ने,

– जङ्गली तथा घरेलु पशुपंक्षीसँग सिधै सम्पर्क नगर्ने

– अण्डा तथा मासु राम्ररी पकाएर मात्र खाने

– फ्लुको जस्तो लक्षण देखिए अस्पताल जाने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?