यो समयमा दिनानुदिन तापक्रम झर्ने र अत्यधिक चिसो बढ्ने क्रम जारी छ । यस्तो खाले जाँडो मौसममा प्रायः सबैले हिटर बाल्ने गरिएको हुन्छ खास गरी सहरी क्षेत्रमा । यसले तत्काललाई न्यानो दिए पनि यसका केही खतरनाक पक्षहरू पनि छन् जुन् कुरालाई ध्यानमा राखेर सतर्कता अपनाउन पनि उत्तिकै जरुरी छ । त्यसको लागि निम्न कुराहरूमा ध्यान दिएर सावधानी अपनाऔँः
- हिटरले कोठामा आगोलागिको जोखिम बढाउने गर्दछ । यसबाट बच्न आगोले सजिलै टिप्ने पोलिस्टर लगायतका प्रज्वलनशील वस्तुहरू सुरक्षित ठाउँमा राख्ने ।
- हिटरले अक्सिजन जलाउँछ र हावामा आर्द्रता कम गर्दछ । यसले गर्दा श्वासप्रश्वास, दम र छाला सम्बन्धी रोगीहरूलाई झन् नराम्रो असर पुग्ने गर्दछ ।
- हिटरले छाला सुख्खा हुने र एलर्जी हुने खतरा बढ्छ ।
- बच्चाको लागि हिटर खतरा हुने गर्दछ ।
- कोठामा हुने कम आर्द्रताले आँखा सुक्खा हुने, नाक बन्द हुने आदि हुन सक्छ ।
- रातभरी हिटर बालेर सुत्ने होइन कि बरु बाक्लो सिरक, ब्ल्याङ्केट ओढेर सुत्ने गरौँ ।
- बाहिर खास गरी बिहान बेलुका हिँड्दा बाक्लो लुगा, कपडा, टोपी लगाएर हिँड्ने गरौँ ।
- धेरै हिटर ताप्ने बानीले शरीरलाई प्रकृतिमा अनुकूलन गर्न सक्ने शक्ति बाट विमुख हुने क्रम बढ्न गई विभिन्न समस्या वृद्धि हुन थाल्दछ ।
- हिटर प्रयोगको बेला सधैँ झ्याल ढोका खुला राख्नुपर्दछ ।
चिसो मौसममा सकेसम्म कम हिटर प्रयोग गरौँ, चिसो र हिटर दुबैको हानीबाट बच्न सबै अङ्ग छोपिने गरी सक्दो धेरै बाक्लो लुगा लगाऔँ ।
यो पनि पढ्नुहोस्ः
चिसो मौसममा ध्यान दिनुपर्ने कुराहरू



