समाजलाई अतुलनीय योगदान गर्ने कुलमान घिसिङ र सन्दुक रूइतलाई सम्मानित गरिने

`

     २०७६ पौष ०९ गते ३:५०

 

लामो समयदेखिको लोड सेडिङको समस्याबाट नेपाली जनतालाई मुक्त गराउने कुलमान घिसिङ र आँखा उपचारमा अतुलनीय योगदान गर्ने डाक्टर सन्दुक रूइतलाई ‘हेमबहादुर मल्ल सम्मान’ पुरस्कारबाट सम्मान गरिने भएको छ । पुरस्कार राशी नगद २ लाख रुपियाँको रहेको छ ।

मङ्गलवार पत्रकार सम्मेलन गरी घिसिङ र रुइतलाई उक्त पुरस्कार प्रदान गर्न लागिएको नेपाल जन प्रशासन सङ्घ र साल्ट ट्रेडिङ कर्पोरेसनले जनाएका हुन् ।

कुलमान घिसिङलाई नेपालको अँध्यारो युगकै अन्त्य गरेर देशलाई अतुलनीय योगदान गरेको जस नेपाली जनताले दिएका छन् भने डाक्टर रुइतले स्वास्थ्य क्षेत्रमा महत्त्वपूर्ण योगदान गरेको भनेर प्रशंसा गरिएको छ ।

उक्त पुरस्कार ११ गते शुक्रवार एक कार्यक्रमको आयोजना गरी प्रदान गरिने भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?