अस्ट्रेलियाको भिक्टोरिया युनिभर्सिटीमा स्वास्थ्य र खेलकुद संस्थानका सहयोगी प्राध्यापक, जेल्को पेडिसिक र ब्रिटिस जर्नल अफ स्पोर्ट्स मेडिसिनमा प्रकाशित नयाँ विश्लेषणका लेखकहरू भन्छन्‌, “तपाईँ धेर थोर दौडनुहुन्छ भने त्यस्ता फाइदाहरूको आशा गर्न सक्नुहुन्छ“।

धावनका फाइदाबारे लिवरमेन को भनाइ छ, धावनले हामीलाई अझै बाँच्न मद्दत गर्दछ । फुर्सदको समयको व्यायामको रूपमा, यसले हामीलाई स्वस्थ राख्छ। लिवरमेन थप्दै भन्छन्, “डाक्टरलाई सधैँ टाढै राख्ने उत्तम उपाय भनेको नै शारीरिक रूपमा सक्रिय रहनु हो।”

लिवरमेनका अनुसार शारीरिक गतिशीलताले अल्जाइमर रोगको रोकथाममा समेत सहयोग पुग्ने गर्दछ ।

धावनले झन् झन् जवान बनाउँछ । नदौडनेहरू दौडन थालौँ, दौडनेहरू दौडन नछाडौँ।

ख्याल रहोस्, स्वास्थ्य भन्दा ठूलो कुरा जीवनमा केही पनि छैन ।

" /> दौडने मानिसको आयु नदौडनेको तुलनामा २७%ले बढी हुने - Sarbocha Media

दौडने मानिसको आयु नदौडनेको तुलनामा २७%ले बढी हुने

`

     २०७६ पौष ०५ गते ८:१४

भर्खरै गरिएको एक अध्ययनले दौडने मानिसको आयु नदौडनेको तुलनामा २७%ले बढी हुने देखाएको छ । दौडँदै नडौडने मानिसको तुलनामा धेर थोर दौडने मानिस देखि मृत्यु पनि डराउने कुरा पत्ता लागेको हो ।

त्यसैगरी, धावकको तुलनामा नदौडने मानिसको हृदयरोगले मृत्यु हुने खतरा ३०% र क्यान्सरले मृत्यु हुने खतरा २७%ले बढी हुने गर्दछ । हार्वाड विश्वविद्यालय, मानव विकासवादी जीवविज्ञानका प्राध्यापक डेनियल लिवरमेनका अनुसार पनि धावनले ब्लड प्रेसर, हृदयरोग र क्यान्सर लगायत विभिन्न रोगलाई भगाउँदै मस्तिष्कलाई तन्दुरुस्त राख्छ ।

अस्ट्रेलियाको भिक्टोरिया युनिभर्सिटीमा स्वास्थ्य र खेलकुद संस्थानका सहयोगी प्राध्यापक, जेल्को पेडिसिक र ब्रिटिस जर्नल अफ स्पोर्ट्स मेडिसिनमा प्रकाशित नयाँ विश्लेषणका लेखकहरू भन्छन्‌, “तपाईँ धेर थोर दौडनुहुन्छ भने त्यस्ता फाइदाहरूको आशा गर्न सक्नुहुन्छ“।

धावनका फाइदाबारे लिवरमेन को भनाइ छ, धावनले हामीलाई अझै बाँच्न मद्दत गर्दछ । फुर्सदको समयको व्यायामको रूपमा, यसले हामीलाई स्वस्थ राख्छ। लिवरमेन थप्दै भन्छन्, “डाक्टरलाई सधैँ टाढै राख्ने उत्तम उपाय भनेको नै शारीरिक रूपमा सक्रिय रहनु हो।”

लिवरमेनका अनुसार शारीरिक गतिशीलताले अल्जाइमर रोगको रोकथाममा समेत सहयोग पुग्ने गर्दछ ।

धावनले झन् झन् जवान बनाउँछ । नदौडनेहरू दौडन थालौँ, दौडनेहरू दौडन नछाडौँ।

ख्याल रहोस्, स्वास्थ्य भन्दा ठूलो कुरा जीवनमा केही पनि छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?