युगान्डाका एक मानिसको पादले लामखुट्टे मर्नेबारेको विश्वभर भाइरल समाचार भ्रामक रहेको खुलासा भएको छ । ती व्यक्तिले पाद्दा ६ मिटर वरिपरिको लामखुट्टे ठहरै हुने दाबीका साथ समाचार भाइरल बनेको थियो ।

समाचारहरूमा जनाइए अनुसार त्यसरी लामखुट्टे मर्ने गरी विषालु पाद पाद्ने व्यक्ति ४८ वर्षे युगान्डाको मानिस भएको दाबी गरिएको थियो । त्यसै गरी ती व्यक्तिलाई लामखुट्टे निवारण संस्थाहरूले लाखौँ दिएर भाडामा लिएको समाचार फैलाइएको थियो । अफ्रिकी देश युगान्डामा बस्ने ती व्यक्तिले आफ्नो पादको कारणले गाउँलाई नै मलेरियाबाट बचाएको समेत जनाइएको थियो । अन्ततोगत्वा यो समाचारमा सत्यता नरहेको खुलेको हो ।
उक्त समाचार बिबिसी न्युज, डेली मिरर, न्युजिल्याण्ड हेराल्ड, डेली स्टार आदि थुप्रै अन्तर्राष्ट्रिय मिडिया मार्फत र डेनमार्क, जर्मनी, नेपाल, भारत, क्रोएसिया लगायत विश्वका विभिन्न देशहरूबाट प्रकाशन गरिएको थियो ।



