नेपाली समाज कहिलेसम्म अन्धविश्वासमा जकडिने?

`

     २०७६ पौष ०७ गते ५:४३

 

एक्काइसौँ शताब्दीमा पनि नेपाली समाजमा अन्धविश्वासका अनेक घटना घटिरहन्छन् । अहिले यस्तै एउटा घटना बाहिर आएको छ । जस अनुसार इच्छा कामना गाउँपालिका – २ का गाउँपालिका अध्यक्ष पञ्च बहादुर चेपाङलाई बोक्सो को आरोप लगाइएको छ ।

चेपाङलाई बोक्सोको आरोप मात्र लगाइएको छैन कि उनलाई अत्यन्त घृणित शैलीमा दुर्व्यवहार पनि गरिएको छ । उनलाई कालो मोसो लगाइएको छ भने जुत्ताको माला लगाएर गाउँ समेत परिक्रमा गरिएको छ ।

इलाका प्रहरी कार्यालय मुग्लिनको अनुसार ती चेपाङलाई बोक्सोको आरोप लगाउँदै मलमूत्र खुवाउने प्रयास भएको छ । उक्त काण्डमा संलग्न रहेका उत्तरकुमार गुरुङ र बिर्खबहादुर गुरुङलाई प्रहरीले पक्राउ गरेको थियो। चेपाङमाथि कालोमोसो दल्नेलाई कारबाहीको माग गर्दै नेकपा चितवनले विज्ञप्ति जारी गरेको छ।

यस्ता जति निन्दा गरे पनि कम हुने सामाजिक अपराधमा संलग्नको कडा भन्दा कडा कारबाही हुनु जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?