२ सकारात्मक सोच्ने

हामी जस्तो सोच्छौँ त्यस्तै हुन्छौँ । सकारात्मक सोच्दा स्वास्थ्य राम्रो बनाउने हर्मोन मस्तिष्कले प्रवाह गर्छ भने नकारात्मक सोच्ने, निराश भइरहने, तनाव लिने गर्दा स्वास्थ्य बिग्रने हर्मोन पैदा हुन्छ । त्यसैले जाँडो छ, यसले गर्दा म अस्वास्थ्य भएँ भन्ने खाले कमजोर मानसिकता वा नेगेटिभ विचार लिइरहे हामी थप रोगी हुन्छौँ यसमा शङ्का छैन ।

३ खानपान

प्राय हामी खानपानमा त्यति ध्यान दिँदैनौँ । तर हाम्रो जीवनको लागि सकारात्मक विचार पछि सही खानपानको अति महत्त्वपूर्ण स्थान छ । बजारका रेडिमेड खाद्यपदार्थले जुनसुकै मौसममा पनि स्वास्थ्य बिगारी रहेको हुन्छ । जाँडो मौसमको लागि भने गेडागुडी, झोलिलो तरकारी, सुप, हरियो सागसब्जी, सखरखण्ड, अदुवा, लसुन, भिटामिन सी युक्त खानेकुरा आदिको नियमित र पर्याप्त सेवन गरिरहनु पर्दछ । विभिन्न थरीका फलफूल भने हर मौसममा उत्तिकै खाने बानी बसाल्नु पर्दछ ।

४ प्रशस्त पानी पिउने

प्राय हामी पर्याप्त पानी पिउने कुरालाई त्यति ध्यान दिँदैनौँ । चिसो मौसममा त्यति तिर्खा लाग्दैन र हामी एकदम कम पानी पिइरहेका हुन्छौँ । यसले गर्दा विभिन्न स्वास्थ्य सम्बन्धी समस्या देखा पर्ने हुन्छ । रुघाखोकी लाग्ने, कफ जम्ने, घाँटी दुख्ने, घाउ, खटिरा लगायत छाला सम्बन्धी समस्या पानीको अभावले देखिने समस्या हुन । यस्ता अनगिन्ती स्वास्थ्य समस्याबाट पार पाउन पर्याप्त पानी (चिसो मौसममा उमालेर) पिउने बानी बसाल्नु पर्दछ । पानी भने शुद्ध पिउनु पर्दछ । यसले गर्दा छालामा चमक पनि ल्याउँछ ।

५ पर्याप्त घाम ताप्ने

सकेसम्म बिहान आठ बजे अगाडीको वा दिउँसो तीन बजे पछिको घाम पर्याप्त ताप्नु पर्दछ । त्यसो गर्न नभ्याएमा पनि दिउँसो समय मिलाएर कम्तीमा आधा घण्टा ताप्नु पर्दछ । त्यसो गर्दा शरीरले पर्याप्त मात्रमा घाम सोस्ने भई भिटामिन डी को अभाव हुँदैन । स्मरण रहोस् भिटामिन डी घाम बाट बाहेक केही बाट पनि प्राप्त हुँदैन । यसको कमी भयो भने हड्डी कमजोर भई फ्र्याक्चर हुने तथा भाँचिने समस्या बढ्ने (अझ बृद्घबृद्घामा धेरै) र मांसपेशी कमजोर हुने, चाँडै थकाइ लाग्ने, रिस बढ्ने (बढी रिसाउने मानिस रोगी हुन्छन् भने परिवार, समाजमा अशान्ति बढ्छ) ।

यी बाहेक जाँडो भयो भनेर झ्याल ढोका थुनी आगो बालेर बस्नु हुँदैन । यसो गर्दा अक्सिजनको कमी भई मृत्यु हुने मानिसको बारेमा समाचारहरू आइरहेका हुन्छन् । त्यसै गरी बाहिर निस्कँदा बाक्लो लुगा लगाउने गर्नुपर्दछ जसले गर्दा चिसोको असर कम गर्न सकिन्छ ।

चिसोबाट आफू बचौँ र अरूलाई पनि बचाऔँ ।

" /> उपत्यकाको तापक्रम वर्षकै सबैभन्दा न्यूनः चिसोबाट जोगिन यसो गर्नुस् - Sarbocha Media

उपत्यकाको तापक्रम वर्षकै सबैभन्दा न्यूनः चिसोबाट जोगिन यसो गर्नुस्

`

     २०७६ मंसिर २० गते ६:४८

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रवार बिहान काठमाडौँ उपत्यकाको तापक्रम यस वर्षकै सबैभन्दा न्यून रहेको छ । तापक्रम घटेसँगै अत्यधिक चिसो बढेको छ ।

तापक्रम हिजो भन्दा १ डिग्रीले घटेको हो । हिजो बिहान ५.५ डिग्री सेल्सियस मापन गरिएको उपत्यकाको तापक्रम आज बिहान ४.६ डिग्री सेल्सियसमा झरेको हो ।

चिसोबाट जोगिन यसो गर्नुस्

हिउँदको समय आउँदै गरेकोले यतिखेर चिसो बढ्दै गइरहेको छ । चिसो सँगै बूढाबूढी, बालबालिका, रोगी, सुत्केरी, रोग प्रतिरोधात्मक शक्ति कमजोर भएका मानिसलाई थप स्वास्थ्य सम्बन्धी समस्या बढ्दै जाने गर्दछ । यो मौसममा रक्तचाप, रुघाखोकी, दम, निमोनिया, बाथ लगायतका रोगको सङ्क्रमणको जोखिम बढी हुने गर्दछ ।

जाँडो मौसममा स्वास्थ्य समस्याबाट बच्न निम्न कुरामा ध्यान दिनेः

१ सक्रिय रहने तथा व्यायाम गर्ने

शरीर मेसिन जस्तै हो । यसलाई जति सक्रिय बनायो उति बढी काम गर्ने क्षमता बढ्छ । गाडी किनेर नचलाई थन्क्यायौँ भने केही समय पछि बेकम्मा हुन्छ, शरीर पनि ठ्याक्कै त्यस्तै हो । शरीरलाई सक्रिय राख्दा झन् झन् गतिशील हुने, नशाहरू तन्कने, रक्तसञ्चार सहज हुने, दिमागको फङ्सनिङ राम्रो हुने, शरीरका पार्टपुर्जाहरू सही अवस्थामा रहने आदि हुन्छन् । त्यसैले चिसोको वाहाना गरेर कोठामा धुम्म भएर बसी रहन छोडी सक्रिय रहँदा आर्थिक, भौतिक लगायत स्वास्थ्य सम्बन्धी यति फाइदा हुन्छ कि त्यसको कुनै हिसाब किताब राख्न नै सकिने छैन ।
त्यसै गरी व्यायाम नियमित गर्ने बानी बसाले दुखाइ कम हुने स्फूर्ति बढ्ने, ज्यान हलुङ हुने, ताजा भइरहने, मुटु, मस्तिष्क लगायत सम्पूर्ण अङ्ग ठिक अवस्थामा रही रहने हुन्छन् ।

२ सकारात्मक सोच्ने

हामी जस्तो सोच्छौँ त्यस्तै हुन्छौँ । सकारात्मक सोच्दा स्वास्थ्य राम्रो बनाउने हर्मोन मस्तिष्कले प्रवाह गर्छ भने नकारात्मक सोच्ने, निराश भइरहने, तनाव लिने गर्दा स्वास्थ्य बिग्रने हर्मोन पैदा हुन्छ । त्यसैले जाँडो छ, यसले गर्दा म अस्वास्थ्य भएँ भन्ने खाले कमजोर मानसिकता वा नेगेटिभ विचार लिइरहे हामी थप रोगी हुन्छौँ यसमा शङ्का छैन ।

३ खानपान

प्राय हामी खानपानमा त्यति ध्यान दिँदैनौँ । तर हाम्रो जीवनको लागि सकारात्मक विचार पछि सही खानपानको अति महत्त्वपूर्ण स्थान छ । बजारका रेडिमेड खाद्यपदार्थले जुनसुकै मौसममा पनि स्वास्थ्य बिगारी रहेको हुन्छ । जाँडो मौसमको लागि भने गेडागुडी, झोलिलो तरकारी, सुप, हरियो सागसब्जी, सखरखण्ड, अदुवा, लसुन, भिटामिन सी युक्त खानेकुरा आदिको नियमित र पर्याप्त सेवन गरिरहनु पर्दछ । विभिन्न थरीका फलफूल भने हर मौसममा उत्तिकै खाने बानी बसाल्नु पर्दछ ।

४ प्रशस्त पानी पिउने

प्राय हामी पर्याप्त पानी पिउने कुरालाई त्यति ध्यान दिँदैनौँ । चिसो मौसममा त्यति तिर्खा लाग्दैन र हामी एकदम कम पानी पिइरहेका हुन्छौँ । यसले गर्दा विभिन्न स्वास्थ्य सम्बन्धी समस्या देखा पर्ने हुन्छ । रुघाखोकी लाग्ने, कफ जम्ने, घाँटी दुख्ने, घाउ, खटिरा लगायत छाला सम्बन्धी समस्या पानीको अभावले देखिने समस्या हुन । यस्ता अनगिन्ती स्वास्थ्य समस्याबाट पार पाउन पर्याप्त पानी (चिसो मौसममा उमालेर) पिउने बानी बसाल्नु पर्दछ । पानी भने शुद्ध पिउनु पर्दछ । यसले गर्दा छालामा चमक पनि ल्याउँछ ।

५ पर्याप्त घाम ताप्ने

सकेसम्म बिहान आठ बजे अगाडीको वा दिउँसो तीन बजे पछिको घाम पर्याप्त ताप्नु पर्दछ । त्यसो गर्न नभ्याएमा पनि दिउँसो समय मिलाएर कम्तीमा आधा घण्टा ताप्नु पर्दछ । त्यसो गर्दा शरीरले पर्याप्त मात्रमा घाम सोस्ने भई भिटामिन डी को अभाव हुँदैन । स्मरण रहोस् भिटामिन डी घाम बाट बाहेक केही बाट पनि प्राप्त हुँदैन । यसको कमी भयो भने हड्डी कमजोर भई फ्र्याक्चर हुने तथा भाँचिने समस्या बढ्ने (अझ बृद्घबृद्घामा धेरै) र मांसपेशी कमजोर हुने, चाँडै थकाइ लाग्ने, रिस बढ्ने (बढी रिसाउने मानिस रोगी हुन्छन् भने परिवार, समाजमा अशान्ति बढ्छ) ।

यी बाहेक जाँडो भयो भनेर झ्याल ढोका थुनी आगो बालेर बस्नु हुँदैन । यसो गर्दा अक्सिजनको कमी भई मृत्यु हुने मानिसको बारेमा समाचारहरू आइरहेका हुन्छन् । त्यसै गरी बाहिर निस्कँदा बाक्लो लुगा लगाउने गर्नुपर्दछ जसले गर्दा चिसोको असर कम गर्न सकिन्छ ।

चिसोबाट आफू बचौँ र अरूलाई पनि बचाऔँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?