प्याजको मूल्य पाँच सय प्रतिशतले वृद्धि, अझै बढ्ने

`

     २०७६ मंसिर १० गते ३:११

प्याजको मूल्य पाँच सय प्रतिशतले वृद्धि भएको छ । यो मूल्य अझै बढ्ने बताइएको छ ।
भारतीय नागरिकले भारत सरकारले प्याज अन्य देशमा निर्यात गरेकोले प्याजको मूल्य बढेको भनेर तीव्र विरोध गरेपछि गएको असोजदेखि प्याज निर्यातमा रोक लगाएको हो । त्यसको प्रत्यक्ष असर भारतमै परनिर्भर काठमाडौँ उपत्यकावासीलाई परेको हो ।
कालीमाटी फलफूल तथा तरकारी बजार समितिका अनुसार गत वर्षको मङ्सिरमा ३१ रुपियाँ थोकमा किनबेच भएको प्याज अहिले १७७ थोकमा पुगेको छ भने खुद्रा बजारमा प्याजको मूल्य २२० रुपियाँ सम्म पुगेको छ ।
उपभोक्ता अधिकारकर्मीहरू कमजोर सरकारी अनुगमनको फाइदा उठाएर व्यापारीले मनपरी भाउ गर्नाले प्याजको मूल्य बढेको बताउँछन् ।

कसरी विदेशीबाट आयात गर्ने भन्ने कुरामा मात्र ध्यान दिनु भन्दा नि घरेलु उत्पादनमा ध्यान पु¥याऔँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?