Dengue Image

डेंगुको परिचयः
यतिखेर डेंगु देशको विभिन्न भागमा फैलिरहेकोले सबैले यसबाट बच्न होसियारी अपनाउनै पर्ने भएको छ । खास गरी यो रोग एडिस एजिप्दाइ (Ades Aegypti) नामको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने गर्छ । यो लामखुट्टेले दिनको समयमा मात्र टोक्ने गरेको पाइएको छ ।

मुख्य लक्षणहरुः
यसका मुख्य लक्षणहरूमा शुरुमा ज्वरो आउने त्यसपछि क्रमशः आँखा, टाउको, पेट, जोर्नी दुख्ने, वाकवाक लाग्ने वा बान्ता हुने, शरीर दुख्ने, बिमिरा आउने, घाँटी बस्ने, छटपटी हुने, नाकबाट पानी तथा रगत बग्ने, रिँगटा लाग्ने, रक्तचाप निकै कम हुने, रगतको अभाव भई बिरामीको मृत्यु समेत हुनसक्ने हुन्छ ।

बच्ने उपायः

समग्रमा, यो रोग लगायत कुनै पनि रोगबाट बच्ने सबैभन्दा राम्रो उपाय भनेका शरीरको रोग प्रतिरोधात्मक शक्ति नै हो । यो शक्ति मजबुत छ भने कसैलाई कुनै पनि किसिमको रोगले छुँदैन । यो शक्ति बढाउनको लागि सकारात्मक सोच, प्राकृतिक खानपान, नियमित योग, ध्यान, व्यायाम, तनावरहित जीवनशैली अपरिहार्य छन् । बेलैमा सानो कुरामा ध्यान पु¥याउँदा निकै डर लाग्दो समस्याबाट सहजै बच्न सकिनेछ ।

" /> डेंगुको महामारीबाट बच्ने कसरी - Sarbocha Media

डेंगुको महामारीबाट बच्ने कसरी

`

     २०७६ आश्विन ०७ गते १:५७

Dengue Image

डेंगुको परिचयः
यतिखेर डेंगु देशको विभिन्न भागमा फैलिरहेकोले सबैले यसबाट बच्न होसियारी अपनाउनै पर्ने भएको छ । खास गरी यो रोग एडिस एजिप्दाइ (Ades Aegypti) नामको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने गर्छ । यो लामखुट्टेले दिनको समयमा मात्र टोक्ने गरेको पाइएको छ ।

मुख्य लक्षणहरुः
यसका मुख्य लक्षणहरूमा शुरुमा ज्वरो आउने त्यसपछि क्रमशः आँखा, टाउको, पेट, जोर्नी दुख्ने, वाकवाक लाग्ने वा बान्ता हुने, शरीर दुख्ने, बिमिरा आउने, घाँटी बस्ने, छटपटी हुने, नाकबाट पानी तथा रगत बग्ने, रिँगटा लाग्ने, रक्तचाप निकै कम हुने, रगतको अभाव भई बिरामीको मृत्यु समेत हुनसक्ने हुन्छ ।

बच्ने उपायः

  • डेंगुबाट बच्ने उपाय भनेकै लामखुट्टेको टोकाइबाट बच्नु हो ।
  • यसको लागि जमेको पानीमा लामखुट्टेको प्रजनन हुने भएकोले घर वरिपरी कुनै पनि अवस्थामा जमेर रहेके पानी हटाउने तथा पानी जम्न नदिने ।
  • डेंगुको औषधी हालसम्म नेपालमा छैन । तर पनि लक्षणको शङ्का लाग्न साथ चिकित्सकसँग सम्पर्क गर्नाले यो रोग सजिलै निको हुन सक्छ ।

समग्रमा, यो रोग लगायत कुनै पनि रोगबाट बच्ने सबैभन्दा राम्रो उपाय भनेका शरीरको रोग प्रतिरोधात्मक शक्ति नै हो । यो शक्ति मजबुत छ भने कसैलाई कुनै पनि किसिमको रोगले छुँदैन । यो शक्ति बढाउनको लागि सकारात्मक सोच, प्राकृतिक खानपान, नियमित योग, ध्यान, व्यायाम, तनावरहित जीवनशैली अपरिहार्य छन् । बेलैमा सानो कुरामा ध्यान पु¥याउँदा निकै डर लाग्दो समस्याबाट सहजै बच्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?