भारतमा अहिलेसम्म १ करोड ६२ लाख ६३ हजार ६ सय ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै अहिलेसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या १ लाख ८६ हजार ९ सय २० पुगेको छ भने १ करोड ३६ लाखभन्दा बढी संक्रमणमुक्त भएका छन् । भारतमा अहिले २४ लाख २८ हजारभन्दा बढी सक्रिय संक्रमित रहेका छन् । त्यस्तै भारतले अहिलेसम्म १३ करोड ५४ लाख ७८ हजार ४ सय २० डोज कोरोना खोप लगाइसकेको छ ।
पछिल्लो दुई सातायता भारतमा कोरोनाको संक्रमण तीव्र दरले बढी रहेको छ । कोरोनाको दोस्रो लहर तिव्र भएपछी भारतमा अक्सिजन र बेड नपाएर मृत्यु हुनेको सङख्या बढ्दो छ ।
राजधानी दिल्लीमै अक्सिजन र बेडको हाहाकार मच्चिएपछि केन्द्र सरकारले चासो देखाए पनि अवस्थामा खासै सुधार आएको छैन । बिहीबार पनि दिल्लीका कतिपय अस्पतालका प्रमुखहरूले अक्सिजन केही बेरका लागि मात्र भएको भन्दै सरकारसँग गुहार लगाइरहेका छन् ।
" />काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले (ट्रम्प गोल्ड कार्ड) को शुभारम्भ गरेका छन् । कार्डको मूल्य एक मिलियन डलर रहेको छ अर्थात नेपाली रुपैयाँ करिब १४ करोड ३१ लाख । यस वर्षको फेब्रुअरीमा, ट्रम्पले (गोल्ड कार्ड) नामक नयाँ भिसा कार्यक्रम सुरु गर्ने घोषणा गरेका थिए । त्यतिबेला, उनले मूल्य ५ मिलियन डलर हुने बताएका थिए