९ सय ६५ पुगेको छ । त्यस्तै अहिलेसम्म कोरोनाले १ लाख ८४ हजार ६ सय ५७ जनाको मृत्यु भएको छ भने १ करोड ३४ लाखभन्दा बढी संक्रमणमुक्त भएका छन् । भारतमा अहिले २२ लाख ९१ हजारभन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।

दिल्ली, महाराष्ट्र, मध्यप्रदेश, गुजरात र उत्तरप्रदेशमा अक्सिजन समयमा उपलब्ध नहुँदा धेरैले ज्यान गुमाएको छ ।

" /> भारतले कारोना सङ्क्रमणमा नयाँ रेकड राख्यो : २४ घण्टामा ३ लाख बढी सङ्क्रमित - Sarbocha Media

भारतले कारोना सङ्क्रमणमा नयाँ रेकड राख्यो : २४ घण्टामा ३ लाख बढी सङ्क्रमित

`

     २०७८ वैशाख ०९ गते ५:४९

एजेन्सी, ९ वैशाक । भारतमा २४ घण्टामा ३ लाखभन्दा बढीलाई कोरोना संक्रमण भएको छ । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मात्रै ३ लाख १४ हजार ८ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

एकै देशमा २४ घण्टाभित्र यति धेरै संख्यामा संक्रमण भएको यो विश्वकै पहिलो घटना हो । यसअघि गत जनवरी २ मा अमेरिकामा एकैदिन ३ लाख ३ सय १० जनामा संक्रमण पुष्टि भएको थियो ।

त्यस्तै भारतमा पछिल्लो २४ घण्टामा २ हजार १ सय ४ जनाको मृत्यु भएको छ । योसँगै भारतमा संक्रमितको संख्या १ करोड ५९ लाख ३० हजार ९ सय ६५ पुगेको छ । त्यस्तै अहिलेसम्म कोरोनाले १ लाख ८४ हजार ६ सय ५७ जनाको मृत्यु भएको छ भने १ करोड ३४ लाखभन्दा बढी संक्रमणमुक्त भएका छन् । भारतमा अहिले २२ लाख ९१ हजारभन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।

दिल्ली, महाराष्ट्र, मध्यप्रदेश, गुजरात र उत्तरप्रदेशमा अक्सिजन समयमा उपलब्ध नहुँदा धेरैले ज्यान गुमाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?