बाँके, ९ वैशाख । बाँकेको भेरी अस्पतालमा बिहीबार ३ सय ५० जनाको पीसीआर परीक्षणमा थप २ सय ४ जनामा संक्रमण पुष्टि भएको छ ।
बुधबार राति १२ बजेदेखि नेपालगन्जमा लकडाउन गरिएको छ । अत्यावश्यक कामबाहेक हिँडडुल पनि बन्द गरिएको छ ।
यस्तै नेपालगन्ज मेडिकल कलेजमा ८६ वर्षीय महिलाको मृत्यु भएको छ । वैशाख ७ गते पीसीआर परीक्षण गर्दा उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो । उनको बिहीबार बिहान सवा २ बजे मृत्यु भएको छ । कोरोनाबाट अहिलेसम्म बाँकेमा ६७ जनाको मृत्यु भइसकेको छ ।




