बुधबार जस्तै बिहीबार पनि मध्य सिरियाली शहर होम्सको क्वासेर क्षेत्रमा सो हमला केन्द्रित रहेको पाइएको छ । उक्त क्षेत्रमा सिरियाली सेनाले पनि प्रतिरक्षा गरेर मिसाइल प्रहार गरेको छ । त्यसबाट भएको हताहतको समाचार भने आएको छैन ।
इजरायली सेनाले यसअघि पनि सिरियामा हमला गर्दै आएकोमा केही दिनयता रोकिएको थियो । गत सोमबारदेखि इजरायलले उत्तरी सिरियाली सहर अलेपोमा आक्रमण गरेको थियो र अहिले पनि सो क्रम जारी नै रहेको यहाँका अधिकारीहरुले जनाएका छन् ।
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले (ट्रम्प गोल्ड कार्ड) को शुभारम्भ गरेका छन् । कार्डको मूल्य एक मिलियन डलर रहेको छ अर्थात नेपाली रुपैयाँ करिब १४ करोड ३१ लाख । यस वर्षको फेब्रुअरीमा, ट्रम्पले (गोल्ड कार्ड) नामक नयाँ भिसा कार्यक्रम सुरु गर्ने घोषणा गरेका थिए । त्यतिबेला, उनले मूल्य ५ मिलियन डलर हुने बताएका थिए