प्रान्तीय प्रहरी प्रवक्ता जावेद बसरातका अनुसार तालिबान लडाकूले उनीहरु सबैलाई एउटै कोठामा लगेर गोली हानेका हुन् । उनीहरु अफगानिस्तानको सबैभन्दा ठूलो बम डिस्पोजल गर्ने संस्था हलो ट्रस्टमा कार्यरत रहेका थिए ।

अमेरिकाले आगामी सेप्टेम्बर ११ बाट आफ्ना सबै सैनिक फिर्ता गर्ने निर्णय गरेसँगै अफगानिस्तानमा हिंसाका घटना बढेका छन् ।

अफगानिस्तानका ३४ मध्ये २६ प्रान्तमा तालिबानले सरकारसँग युद्ध गरिरहेको छ । मंगलबारको आक्रमणको विषयमा भने तालिबानले कुनै प्रतिक्रिया दिएको छैन ।

" /> अफगानिस्तानमा ‘बम डिस्पोजल’ टोलीमाथि तालिबानको आक्रमण, १० जनाको मृत्यु - Sarbocha Media

अफगानिस्तानमा ‘बम डिस्पोजल’ टोलीमाथि तालिबानको आक्रमण, १० जनाको मृत्यु

`

     २०७८ ज्येष्ठ २६ गते ८:५३

एजेन्सी, २६ जेठ । अफगानिस्तानको उत्तरी क्षेत्रमा सडकमा राखिएको ‘माइन बम’ हटाउने टोलीमाथि तालिबानले गरेको आक्रमणमा १० जनाको मृत्यु भएको छ ।

प्रहरीले बुधबार दिएको जानकारीअनुसार बाघलान प्रान्तमा आफ्नो शिविरमा बसिरहेको टोलीमाथि तालिबानले आक्रमण गरेको हो । घटनामा अन्य १४ जना घाइते भएका छन् ।

प्रान्तीय प्रहरी प्रवक्ता जावेद बसरातका अनुसार तालिबान लडाकूले उनीहरु सबैलाई एउटै कोठामा लगेर गोली हानेका हुन् । उनीहरु अफगानिस्तानको सबैभन्दा ठूलो बम डिस्पोजल गर्ने संस्था हलो ट्रस्टमा कार्यरत रहेका थिए ।

अमेरिकाले आगामी सेप्टेम्बर ११ बाट आफ्ना सबै सैनिक फिर्ता गर्ने निर्णय गरेसँगै अफगानिस्तानमा हिंसाका घटना बढेका छन् ।

अफगानिस्तानका ३४ मध्ये २६ प्रान्तमा तालिबानले सरकारसँग युद्ध गरिरहेको छ । मंगलबारको आक्रमणको विषयमा भने तालिबानले कुनै प्रतिक्रिया दिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?