वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयद्वारा बुधबार आयोजित पत्रकार सम्मेलनमा आर्थिक वर्ष २०७७ /७८ मा २०२ व्यावसायिक फर्ममा अनुगमन गरिएकामा सो सङ्ख्याका फर्ममा कारवाही गरिएको जानकारी दिइयो ।विराटनगरस्थित जैसानी ट्रेड कन्सर्न, विके मसला उद्योग सेन्ट्रल बजार प्रालि, कटहरीस्थित अंश लघु घरेलु उद्योग बूढीगङ्गास्थित विज्ञान फर्मेसी र इटहरीस्थित विनिता सर्जिकल हाउस लाइ रु २ लाख वा सोभन्दा बढी जरिवाना लागाएको छ ।

ती फर्मबाट रु १९ लाख पाँच हजार जरिवाना असुल गरिएको कार्यालयका निमित्त प्रमुख सन्तोष पोखरेलले जानकारी दिए । कार्यालयले गत आर्थिक बर्षमा २२ फर्ममाथि कारवाही गरी रु ९ लाख २५ हजार जरिवाना लागाएको थियो ।

गत आर्थिक वर्षमा १ हजार ८३९ नयाँ फर्म दर्ता, ३ हजार ३०६ फर्मको नवीकरण संशोधन र २ सय फर्म खारेजीमा परेको थियो ।

प्रदेश १ मा १४ जिल्ला कार्यक्षेत्रभित्र परे पनि विगतका वर्षमा मोरङमा मात्र कार्यालयले अनुगमन गर्दै आएकामा गत आर्थिक वर्ष सुनसरी, झापा, धनकुटा, इलाम, पाँचथर र उदयपुर जिल्लाका व्यावसायिक फर्ममा अनुगमन गरेको थियो ।

" /> ५२ व्यावसायिक फर्ममाथि कारवाही - Sarbocha Media

५२ व्यावसायिक फर्ममाथि कारवाही

`

     २०७८ श्रावण ०६ गते ९:१६

मोरङ, ६ साउन। नागरिकको स्वास्थ्यमाथि खेलवाड गर्ने, बढी मूल्य लिने, र उपभोग्य मिति समाप्त भएर पनि विक्री वितरण गर्ने ५२ व्यावसायिक फर्म कारबाहीमा परेका छन् ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयद्वारा बुधबार आयोजित पत्रकार सम्मेलनमा आर्थिक वर्ष २०७७ /७८ मा २०२ व्यावसायिक फर्ममा अनुगमन गरिएकामा सो सङ्ख्याका फर्ममा कारवाही गरिएको जानकारी दिइयो ।विराटनगरस्थित जैसानी ट्रेड कन्सर्न, विके मसला उद्योग सेन्ट्रल बजार प्रालि, कटहरीस्थित अंश लघु घरेलु उद्योग बूढीगङ्गास्थित विज्ञान फर्मेसी र इटहरीस्थित विनिता सर्जिकल हाउस लाइ रु २ लाख वा सोभन्दा बढी जरिवाना लागाएको छ ।

ती फर्मबाट रु १९ लाख पाँच हजार जरिवाना असुल गरिएको कार्यालयका निमित्त प्रमुख सन्तोष पोखरेलले जानकारी दिए । कार्यालयले गत आर्थिक बर्षमा २२ फर्ममाथि कारवाही गरी रु ९ लाख २५ हजार जरिवाना लागाएको थियो ।

गत आर्थिक वर्षमा १ हजार ८३९ नयाँ फर्म दर्ता, ३ हजार ३०६ फर्मको नवीकरण संशोधन र २ सय फर्म खारेजीमा परेको थियो ।

प्रदेश १ मा १४ जिल्ला कार्यक्षेत्रभित्र परे पनि विगतका वर्षमा मोरङमा मात्र कार्यालयले अनुगमन गर्दै आएकामा गत आर्थिक वर्ष सुनसरी, झापा, धनकुटा, इलाम, पाँचथर र उदयपुर जिल्लाका व्यावसायिक फर्ममा अनुगमन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?