बर्दिया प्रहरीले बर्दियाको गुलरिया नगरपालिका-७ गुलरिया बजारस्थित विजय गेष्ट हाउसबाट ७ किलो ७०२ ग्राम तौल र उचाई ९.५ ईन्च भएको बुद्धको मुर्तिसहित निराजन उप्रेती,उज्वल रोकाय,अमृत राई,ईश्वरी प्रसाद उपाध्याय र मग बहादुर नेपाली लाई पक्राउ गरेको हो ।
पुरातत्विक वस्तु करोडौं रुपैयाँमा किनबेच गरिरहेको भन्ने सुचनाको आधारमा प्रहरीले होटलमा चेकजाँच गर्दा किनबेच गर्ने उद्देश्यले राखिएको बुद्धको मुर्तिसहित मानिसहरुलाई पक्राउ गरी अनुसन्धान कार्य अगाडी बढाईएको जनाएको छ ।
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले (ट्रम्प गोल्ड कार्ड) को शुभारम्भ गरेका छन् । कार्डको मूल्य एक मिलियन डलर रहेको छ अर्थात नेपाली रुपैयाँ करिब १४ करोड ३१ लाख । यस वर्षको फेब्रुअरीमा, ट्रम्पले (गोल्ड कार्ड) नामक नयाँ भिसा कार्यक्रम सुरु गर्ने घोषणा गरेका थिए । त्यतिबेला, उनले मूल्य ५ मिलियन डलर हुने बताएका थिए