इजरेली स्वामित्वको एउटा कम्पनीको तेल ट्याङ्करलाई ओमानमाथि ड्रोनबाट आक्रमण गरेर दुई सुरक्षागार्डलाई मारिएको १ साता नपुग्दै यो घटना सार्वजनिक भएको हो।
पहिलो घटनामा ज्यान गुमाउनेमा ब्रिटेन र रोमेनियाका नागरिक थिए।
अमेरिका, यूके र इजरेलले उक्त हमलाका लागि इरानलाई दोष दिए पनि तेहरानले त्यसलाई ठाडै अस्वीकार गरेको छ।
बीबीसीका सुरक्षा संवाददाता फ्र्याङ्क गार्डनरले एमभी आस्फल्ट प्रिन्सेस दुबईमा अबस्थित एक कम्पनीको अधिनमा रहेको र त्यसको एउटा पानीजहाजलाई इरानी सेनाले दुई वर्षअघि पनि अपहरण गरेको जनाएका छन्।
समाचारहरूका अनुसार एमभी आस्फल्ट प्रिन्सेस स्ट्रेट अफ होर्मुजको प्रवेशबिन्दुनजिकै पुग्दा ९ जनाजति सशस्त्र पुरुषहरू त्यसमा चढेको गार्डनरले बताए।
त्यस क्षेत्रबाट समुद्री मार्गबाट हुने विश्वको पाँच भागको एक भाग तेल आपूर्ति हुन्छ।
कसले के भने ?
यसअघि यूकेको समुद्री व्यापार सञ्चालन सम्बन्धी निकाय (यूकेएमटीओ)ले ओमानको खाडीमा फुजारानजिकै पानीजहाजलाई लैजाँदा विशेष ध्यान दिन भन्दै सजग गराएको थियो।
यूकेको विदेश मन्त्रालयका एक प्रवक्ताले यूएईको तटनजिकै भएको उक्त घटनाको आफूहरूले आपत्कालीन अनुसन्धान गर्ने बताएका छन्।
ह्वाइटहाउसले सो घटनालाई निकै अशान्तिकारकूको सङ्ज्ञा दिएको छ।
यूकेएमटीओले सुरुमा पानीजहाजहरूलाई उक्त घटनाबारे सचेत गराउँदै त्यसको केही घण्टामा त्यसलाई, राजनीतिक अपहरणू घोषणा गरेको थियो।
इरानको विदेश मन्त्रालयले मङ्गलवार कयौँ पानीजहाजहरू संलग्न भएका समाचारलाई सन्देहपूर्णू भन्दै तेहरानविरूद्ध कुनै गलत माहोल’ नबनाउन चेतावनी दिएको छ।
" />काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले (ट्रम्प गोल्ड कार्ड) को शुभारम्भ गरेका छन् । कार्डको मूल्य एक मिलियन डलर रहेको छ अर्थात नेपाली रुपैयाँ करिब १४ करोड ३१ लाख । यस वर्षको फेब्रुअरीमा, ट्रम्पले (गोल्ड कार्ड) नामक नयाँ भिसा कार्यक्रम सुरु गर्ने घोषणा गरेका थिए । त्यतिबेला, उनले मूल्य ५ मिलियन डलर हुने बताएका थिए