बाढीबाट सबैभन्दा धेरै प्रभावित भएको झेङझोउ सहरमा मात्रै मृत्यु हुनेको संख्या २९२ पुगेको छ भने ४७ जना हराइरहेका छन् ।

एक करोड २० लाख जनसंख्या रहेको झेङझोउ सहरमा गत महिना अविरल वर्षापछि शताब्दीकै ठूलो बाढी आएको थियो । मृत्यु हुनेमध्ये ३९ जनाको शव अन्डरग्राउण्ड पार्किङमा फेला परेको अधिकारीहरुले बताएका छन् ।

" /> चीनमा बाढीमा परी मृत्यु हुनेको संख्या ३०२ पुग्यो, दर्जनौं बेपत्ता - Sarbocha Media

चीनमा बाढीमा परी मृत्यु हुनेको संख्या ३०२ पुग्यो, दर्जनौं बेपत्ता

`

     २०७८ श्रावण १९ गते ७:०५

काठमाडौं, १९ साउन । चीनको हेनान प्रान्तमा गत महिना आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या ३०२ पुगेको छ ।

सरकारी अधिकारीहरुको अनुसार अझै पनि दर्जनौं मानिसहरु बेपत्ता छन् ।

बाढीबाट सबैभन्दा धेरै प्रभावित भएको झेङझोउ सहरमा मात्रै मृत्यु हुनेको संख्या २९२ पुगेको छ भने ४७ जना हराइरहेका छन् ।

एक करोड २० लाख जनसंख्या रहेको झेङझोउ सहरमा गत महिना अविरल वर्षापछि शताब्दीकै ठूलो बाढी आएको थियो । मृत्यु हुनेमध्ये ३९ जनाको शव अन्डरग्राउण्ड पार्किङमा फेला परेको अधिकारीहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?