मुजाहिदले भने, ‘कन्दाहार विमानस्थललाई शत्रुले हवाई आक्रमणको केन्द्रको रुपमा प्रयोग गर्दै आएको थियो, त्यसैले यसलाई लक्षित बनाई आक्रमण गरिएको हो ।’

रकेट आक्रमणको कारण विमानस्थलको सबै उडान रद्द गरिएको छ । यो आक्रमणमा कुनै मानवीय क्षति भएको विवरण भने आएको छैन ।

" /> अफगानिस्तानको विमानस्थलमा तालिबानद्वारा रकेट प्रहार, उडान रद्द - Sarbocha Media

अफगानिस्तानको विमानस्थलमा तालिबानद्वारा रकेट प्रहार, उडान रद्द

`

     २०७८ श्रावण १७ गते ७:३४

काठमाडौं, १७ साउन । अफगानिस्तानको कन्दाहार विमानस्थलमा तालिबानले कम्तीमा ३ रकेट आक्रमण गरेको छ । तालिबानका प्रवक्ता जाबिउल्लाह मुजाहिदले अफगानिस्तानको सेनाको हवाई आक्रमणलाई निस्तेज पार्ने उद्देश्यका साथ आक्रमण गरिएको बताएका छन् ।

मुजाहिदले भने, ‘कन्दाहार विमानस्थललाई शत्रुले हवाई आक्रमणको केन्द्रको रुपमा प्रयोग गर्दै आएको थियो, त्यसैले यसलाई लक्षित बनाई आक्रमण गरिएको हो ।’

रकेट आक्रमणको कारण विमानस्थलको सबै उडान रद्द गरिएको छ । यो आक्रमणमा कुनै मानवीय क्षति भएको विवरण भने आएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?