इजरेली स्वामित्वको एउटा कम्पनीको तेल ट्याङ्करलाई ओमानमाथि ड्रोनबाट आक्रमण गरेर दुई सुरक्षागार्डलाई मारिएको १ साता नपुग्दै यो घटना सार्वजनिक भएको हो।

पहिलो घटनामा ज्यान गुमाउनेमा ब्रिटेन र रोमेनियाका नागरिक थिए।

अमेरिका, यूके र इजरेलले उक्त हमलाका लागि इरानलाई दोष दिए पनि तेहरानले त्यसलाई ठाडै अस्वीकार गरेको छ।

बीबीसीका सुरक्षा संवाददाता फ्र्याङ्क गार्डनरले एमभी आस्फल्ट प्रिन्सेस दुबईमा अबस्थित एक कम्पनीको अधिनमा रहेको र त्यसको एउटा पानीजहाजलाई इरानी सेनाले दुई वर्षअघि पनि अपहरण गरेको जनाएका छन्।

समाचारहरूका अनुसार एमभी आस्फल्ट प्रिन्सेस स्ट्रेट अफ होर्मुजको प्रवेशबिन्दुनजिकै पुग्दा ९ जनाजति सशस्त्र पुरुषहरू त्यसमा चढेको गार्डनरले बताए।

त्यस क्षेत्रबाट समुद्री मार्गबाट हुने विश्वको पाँच भागको एक भाग तेल आपूर्ति हुन्छ।

कसले के भने ?
यसअघि यूकेको समुद्री व्यापार सञ्चालन सम्बन्धी निकाय (यूकेएमटीओ)ले ओमानको खाडीमा फुजारानजिकै पानीजहाजलाई लैजाँदा विशेष ध्यान दिन भन्दै सजग गराएको थियो।

यूकेको विदेश मन्त्रालयका एक प्रवक्ताले यूएईको तटनजिकै भएको उक्त घटनाको आफूहरूले आपत्कालीन अनुसन्धान गर्ने बताएका छन्।

ह्वाइटहाउसले सो घटनालाई निकै अशान्तिकारकूको सङ्ज्ञा दिएको छ।

यूकेएमटीओले सुरुमा पानीजहाजहरूलाई उक्त घटनाबारे सचेत गराउँदै त्यसको केही घण्टामा त्यसलाई, राजनीतिक अपहरणू घोषणा गरेको थियो।

इरानको विदेश मन्त्रालयले मङ्गलवार कयौँ पानीजहाजहरू संलग्न भएका समाचारलाई सन्देहपूर्णू भन्दै तेहरानविरूद्ध कुनै गलत माहोल’ नबनाउन चेतावनी दिएको छ।

" /> ओमानको खाडीबाट पानीजहाज अपहरण, इरानतर्फ लैजान आदेश - Sarbocha Media

ओमानको खाडीबाट पानीजहाज अपहरण, इरानतर्फ लैजान आदेश

`

     २०७८ श्रावण २० गते ८:५६

एजेन्सि, २० साउन । पानामाको झण्डा भएको एउटा पानीजहाजलाई सशस्त्र समूहले ओमानको खाडीबाट अपहरण गरेर इरान तर्फ जान आदेश दिएको लोयड्स लिस्ट म्यारिटाइम इन्टेलिजेन्सले पुष्टि गरेको छ।

पानीजहाज एउटा भिडभाडयुक्त साँघुरो मार्गबाट स्ट्रेट अफ होर्मुजतिर गएको उक्त संस्थाले जनाएको छ।

पानीजहाजलाई कसले कब्जामा लिएको हो भन्ने अझै स्पष्ट नभए पनि विश्लेषकहरूले इरानी फौजमाथि दाष लाग्ने बताएका छन्।

इरानको रेभुलूशनरी गार्ड्सले त्यस्ता खबरलाई खण्डन गर्दै त्यो तेहरानविरूद्ध,शत्रुतापूर्ण व्यवहारकोू बहाना भएको जनाएको छ।

घटनाका शृङ्खला कस्तो ?
इजरेली स्वामित्वको एउटा कम्पनीको तेल ट्याङ्करलाई ओमानमाथि ड्रोनबाट आक्रमण गरेर दुई सुरक्षागार्डलाई मारिएको १ साता नपुग्दै यो घटना सार्वजनिक भएको हो।

पहिलो घटनामा ज्यान गुमाउनेमा ब्रिटेन र रोमेनियाका नागरिक थिए।

अमेरिका, यूके र इजरेलले उक्त हमलाका लागि इरानलाई दोष दिए पनि तेहरानले त्यसलाई ठाडै अस्वीकार गरेको छ।

बीबीसीका सुरक्षा संवाददाता फ्र्याङ्क गार्डनरले एमभी आस्फल्ट प्रिन्सेस दुबईमा अबस्थित एक कम्पनीको अधिनमा रहेको र त्यसको एउटा पानीजहाजलाई इरानी सेनाले दुई वर्षअघि पनि अपहरण गरेको जनाएका छन्।

समाचारहरूका अनुसार एमभी आस्फल्ट प्रिन्सेस स्ट्रेट अफ होर्मुजको प्रवेशबिन्दुनजिकै पुग्दा ९ जनाजति सशस्त्र पुरुषहरू त्यसमा चढेको गार्डनरले बताए।

त्यस क्षेत्रबाट समुद्री मार्गबाट हुने विश्वको पाँच भागको एक भाग तेल आपूर्ति हुन्छ।

कसले के भने ?
यसअघि यूकेको समुद्री व्यापार सञ्चालन सम्बन्धी निकाय (यूकेएमटीओ)ले ओमानको खाडीमा फुजारानजिकै पानीजहाजलाई लैजाँदा विशेष ध्यान दिन भन्दै सजग गराएको थियो।

यूकेको विदेश मन्त्रालयका एक प्रवक्ताले यूएईको तटनजिकै भएको उक्त घटनाको आफूहरूले आपत्कालीन अनुसन्धान गर्ने बताएका छन्।

ह्वाइटहाउसले सो घटनालाई निकै अशान्तिकारकूको सङ्ज्ञा दिएको छ।

यूकेएमटीओले सुरुमा पानीजहाजहरूलाई उक्त घटनाबारे सचेत गराउँदै त्यसको केही घण्टामा त्यसलाई, राजनीतिक अपहरणू घोषणा गरेको थियो।

इरानको विदेश मन्त्रालयले मङ्गलवार कयौँ पानीजहाजहरू संलग्न भएका समाचारलाई सन्देहपूर्णू भन्दै तेहरानविरूद्ध कुनै गलत माहोल’ नबनाउन चेतावनी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?