मध्यपश्चिम विश्वविद्यालयका तर्फबाट उपकुलपति प्राडा नन्दबहादुर सिंह र बास्क कन्ट्री विश्वविद्यालय तर्फबाट समकक्षी रेक्टर मारिया इभा फेरेरिया गार्सियाले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

दुई विश्वविद्यालयबीच अनुभव तथा वैज्ञानिक ज्ञान आदान–प्रदान गर्दै प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरूको वृत्तिविकासका साथै समाज सेवामा योगदान पुर्याउनु उक्त सम्झौताको उद्देश्य रहेको छ ।

साथै दुई राष्ट्रबीच आपसी साँस्कृतिक, वैज्ञानिक र शैक्षिक सम्बन्ध बलियो बनाउने र दुवै विश्वविद्यालयका विद्यार्थी तथा प्राध्यापकहरुको आदान–प्रदानका साथै शैक्षिक सम्बन्ध बढाउने पनि सम्झौतामा उल्लेख छ ।

" /> मध्यपश्चिम विश्वविद्यालय र स्पेनको बास्क कन्ट्री विश्वविद्यालयबीच सम्झौता - Sarbocha Media

मध्यपश्चिम विश्वविद्यालय र स्पेनको बास्क कन्ट्री विश्वविद्यालयबीच सम्झौता

`

     २०७८ श्रावण १७ गते ७:५२

सुर्खेत, १७ साउन । शैक्षिक सहकार्यका लागि मध्यपश्चिम विश्वविद्यालय र स्पेनको बास्क कन्ट्री विश्वविद्यालयबीच सम्झौता गरेको छ ।

मध्यपश्चिम विश्वविद्यालयका तर्फबाट उपकुलपति प्राडा नन्दबहादुर सिंह र बास्क कन्ट्री विश्वविद्यालय तर्फबाट समकक्षी रेक्टर मारिया इभा फेरेरिया गार्सियाले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

दुई विश्वविद्यालयबीच अनुभव तथा वैज्ञानिक ज्ञान आदान–प्रदान गर्दै प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरूको वृत्तिविकासका साथै समाज सेवामा योगदान पुर्याउनु उक्त सम्झौताको उद्देश्य रहेको छ ।

साथै दुई राष्ट्रबीच आपसी साँस्कृतिक, वैज्ञानिक र शैक्षिक सम्बन्ध बलियो बनाउने र दुवै विश्वविद्यालयका विद्यार्थी तथा प्राध्यापकहरुको आदान–प्रदानका साथै शैक्षिक सम्बन्ध बढाउने पनि सम्झौतामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?