नेपालको संविधानको हत्या गर्ने प्रधानमन्त्री ओलीसँग सहकार्य गर्नु लोकतन्त्र बिरोधीलाई समर्थन गर्नु भएको बताउँदै पौडेलले संसदमा पेश हुने अविश्वासको प्रस्तावमा कांग्रेसले कुनैपनि हालतमा साथ दिनुपर्ने बताएका छन् ।

नेपाली कांग्रेस म्याग्दीले पूर्व सभापति डा. भूपेन्द्रबहादुर खड्काको छैटौँ दिनको पुण्यतिथिको अवसरमा सदरमुकाम बेनीमा आयोजित श्रद्धाञ्जली सभामा बोल्दै पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको हरेक गतिविधि लोकतन्त्र विरोधी र संविधानको रक्षाका लागि बाधक भएकाले बर्हिगमन अपरिहार्य भएको तकै गरेका छन् ।

नेता पौडेलले भने, ‘अहिलेको सरकारलाई हटाउनुको विकल्प छैन। उनीहरूको स्वार्थले संविधान नै खतरामा पर्ने अवस्था आइसक्यो। अब पनि कांग्रेसले मौका गुमाउनु हुँदैन ।’। नेता पौडेलले विकृत राजनीतिको अन्त्यका लागि कांग्रेसले अहिलेको अवस्थामा माओवादी केन्द्र र जनता समाजवादी पार्टी मिलेर नयाँ सरकारका लागि पहल गर्नुपर्ने बताए ।

उनले भने, ‘केपी ओलीको नेतृत्वमा निर्वाचन सम्भव नै छैन्। निर्वाचन हुने अवस्था आएपनि अहिलेको सरकारले गर्न सक्दैन् । गरेपनि ठूलो दुर्घटना हुन्छ ।’ नेकपा भित्र विवाद भइरहेको अवस्थामा संसदमा अविश्वासको प्रस्ताव ल्याउने तयारीमा सहयोग नगरेर कांग्रेसले ठूलो अवसर गुमाएको उनको भनाइ छ।

नेता पौडेलले भने, ‘अब पनि ओलीलाई हटाउन ध्यान नदिए । कांग्रेस र लोकतन्त्र दुबै खतरामा पर्छ । प्रतिपक्षमा बस्ने भएपनि यो सरकारलाई हटाउनैपर्छ ।’ सम्बोधनका क्रममा नेता पौडेलले पार्टी सभापति शेरबहादुर देउवालाई सत्ता र नियुक्तीमा प्रधानमन्त्री ओलीको प्रलोभन देखाइ रहेको बताएका छन् ।

उनले माओवादी जनयुद्धमा कांग्रेसका लागि प्रचण्ड दुस्मन थिए भने लोकतन्त्रमा केपी ओली प्रमुख दुस्मन भएकाले हटाएरै छोड्नु पर्नेमा जोड दिएका छन् ।

संसद विघटनसम्मको निर्णय गर्ने प्रधानमन्त्री ओलीलाई अझै सत्तामा बस्ने वातावरण बनाए थप लोकतन्त्र संकटमा पर्ने नेता पौडेलको भनाइ छ।

उनले भने, ‘सर्वोच्चले एमाले र माओवादीलाई अस्तित्वमा ल्याउनु नै एउटा सेटिङ हो । मागभन्दा एक कदम अघि बढेर गरिएको अदालतको पछिल्लो फैसला पनि अर्को विकृति हो ।’ अधिकांश समय प्रधानमन्त्री ओलीविरुद्ध खनिएका नेता पौडेलले विकृत राजनीतिकै श्रृंखलालाई निरन्तरता दिनबाट रोक्न नयाँ सरकार आवश्यकता रहेको बताए ।

नेता पौडेलले भने, जसपा र माओवादी केन्द्रको साथ पाए कांग्रेसले सरकारको नेतृत्वमा एकमत भएर निर्णय गर्नेु बताएका छन् । श्रद्धाञ्जली सभामा म्याग्दी, बागलुङ र पर्वतका कांग्रेस नेताहरूको समेत सहभागिता रहेको थियो । बेनी नगरपालिका–८ संगमचोक निवासी खड्काको गष्त मंगलाबार ८० वर्षको उमेरमा काठमाडौँको छाउनीस्थित नेपाली सेनाको अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।

खड्का दुई कार्यकाल जिल्ला कार्यसमितिको सभापति समेत रहेका थिए। कांग्रेस म्याग्दीले स्वर्गीय खड्कोका सम्झनामा केही योजना बनाएर काम गर्ने सभापति खमबहादुर गर्बुजाले बताएका छन्।

" /> राजनीति Archives - Page 473 of 585 - Sarbocha Media

राजनीति

ट्रम्पले ल्याए ट्रम्प गोल्ड कार्ड कार्यक्रम, १०,००,००० डलर तिरे नागरिक बन्ने

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले (ट्रम्प गोल्ड कार्ड) को शुभारम्भ गरेका छन् । कार्डको मूल्य एक मिलियन डलर रहेको छ अर्थात नेपाली रुपैयाँ करिब १४ करोड ३१ लाख । यस वर्षको फेब्रुअरीमा, ट्रम्पले (गोल्ड कार्ड) नामक नयाँ भिसा कार्यक्रम सुरु गर्ने घोषणा गरेका थिए । त्यतिबेला, उनले मूल्य ५ मिलियन डलर हुने बताएका थिए