काठमाडौँ, २८ फागुन । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले कांग्रेसको मुख्य ध्येय नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउनु पर्ने बताएका छन्।
शुक्रबार नेपाल शिक्षक संघ बागमती प्रदेश कार्यसमितिको कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्नै पर्ने स्थिति आएको बताउनु भएको हो।
शुक्रबार नेपाल शिक्षक संघ बागमती प्रदेश कार्यसमितिको कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले भने, ‘आज पनि मधेसी पार्टीहरुसंग छलफलको क्रम चलिरहेको छ। हाम्रो मुख्य ध्यय के हो भने, ओली सरकारलाई हटाएर एउटा नयाँ सरकार गठन गर्नुपर्छ। त्यसको नेतृत्व नेपाली कांग्रेसले गरोस् भन्ने मनशाय हाम्रो छ।’




