रेडियो एनआरएनमा ऋषि धमलासँग कुरा गर्दै उनले अहिले नै एमाले फुट्यो भन्न नमिल्ने बताए । एमालेलाई धेरै संघर्षका साथ बनाइएको बताउँदै अहिले नै पार्टी फुट्यो भन्न नमिल्ने उनको भनाई छ ।

उनले भने, “जसरी पार्टीलाई एकतापूर्ण तवरले बचाउनु पथ्र्यो त्यो अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले न वैचारिक, न राजनीतिक, न शैद्धान्तिक तरिकाले बचाउन सक्नुभयो न पार्टी एकिकरण नै, उहाँले पद र शक्तिमा पुगेपछि पार्टीलाई बिर्सनुभयो ।”

खनालले आफूलाई दशौं महाधिवेशनले मात्र पदबाट हटाउन सक्ने तर्क गरेको छ । उनले वैधानिकरुपमा बैठक नबोलाएर गुटगत बैठकबाट आफुअनुकुलका निर्णय ओलीले गरेकाले पार्टी विसर्जनतिर गएको आरोप लगाए ।

माओवादी केन्द्रसँग विगतमा एकिकरण गर्दा पनि अध्यक्ष ओलीले आफुहरुसँग छलफल नै नगरेको बताएको छ ।

" /> ओलीले एमालेलाई विर्सजन उन्मुख गराए : झलनाथ खनाल - Sarbocha Media

ओलीले एमालेलाई विर्सजन उन्मुख गराए : झलनाथ खनाल

`

     २०७७ चैत्र ०१ गते ९:५९

काठमाडौँ, १ चैत्र । नेकपा एमालेका पूर्वअध्यक्ष झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई विर्सजनतर्फ उन्मुख गराएको आरोप लगाएका छन् । उनले ओलीले एकता बचाउन नसकेको तर्क गरेका छन् ।

रेडियो एनआरएनमा ऋषि धमलासँग कुरा गर्दै उनले अहिले नै एमाले फुट्यो भन्न नमिल्ने बताए । एमालेलाई धेरै संघर्षका साथ बनाइएको बताउँदै अहिले नै पार्टी फुट्यो भन्न नमिल्ने उनको भनाई छ ।

उनले भने, “जसरी पार्टीलाई एकतापूर्ण तवरले बचाउनु पथ्र्यो त्यो अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले न वैचारिक, न राजनीतिक, न शैद्धान्तिक तरिकाले बचाउन सक्नुभयो न पार्टी एकिकरण नै, उहाँले पद र शक्तिमा पुगेपछि पार्टीलाई बिर्सनुभयो ।”

खनालले आफूलाई दशौं महाधिवेशनले मात्र पदबाट हटाउन सक्ने तर्क गरेको छ । उनले वैधानिकरुपमा बैठक नबोलाएर गुटगत बैठकबाट आफुअनुकुलका निर्णय ओलीले गरेकाले पार्टी विसर्जनतिर गएको आरोप लगाए ।

माओवादी केन्द्रसँग विगतमा एकिकरण गर्दा पनि अध्यक्ष ओलीले आफुहरुसँग छलफल नै नगरेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?