काठमाडौँ, २८ फागुन। जनता समाजवादी पार्टी नेपाल (जसपा) को संसदीय दलको बैठकले नेता चुन्न सकेन । सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकमा विधानबारे छलफल सुरुवात भएको छ ।
जसपाका अध्यक्ष उपेन्द्र यादवले आजको बैठकमा संसदीय दलको बैठकमा विधानबारे प्रारम्भिक छलफल भएको जानकारी दिए । उनले भने, ‘आज हाम्रो पार्टीको विधानबारे छलफल प्रारम्भ गरेका छौं । विधान टुंगिएपछि दलको नेता चुनिन्छ, कुनै समस्या छैन ।’
संसदीय दलको नेता चयन गर्नका लागि विधानकै टुंगो नलागेकाले छलफल मात्र भएको जानकारी दिए ।




