बङ्गलादेश स्वतन्त्रताको स्वर्ण जयन्ती तथा बङ्गलादेशका संस्थापक शेख मुजिबवुर रहमानको शतवार्षिकी जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन निमन्त्रणा आएपछि राष्ट्रपति भण्डारीले दुई दिने बङ्गलादेशको भ्रमणमा निस्कन लाग्नु भएका हुन् ।
राष्ट्रपति भण्डारीको भ्रमणलगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चैत १३ मा बङ्गलादेशको भ्रमण गर्ने कार्यक्रम पनि तय भएको जनाइएको छ।
राष्ट्रपति भण्डारीले गत वर्ष नै बङ्गलादेश भ्रमण गर्ने तय भए पनि कोरोना महामारीका कारण रोकिएको थियो। यसअघि २०७६ कातिक २६ गते बङ्गलादेशी राष्ट्रपति अब्दुल हमिद चार दिने नेपाल भ्रमणमा आउनुभएको थियो ।
कोरोना महामारीका कारण रोकिए भ्रमणलाई आगामी चैत दोस्रो साताका लागि भ्रमणको तय गरिएको छ । बङ्गलादेश सरकारले रहमानको शतवार्षिकी जन्मजयन्ती र बङ्गलादेश स्वतन्त्रताको स्वर्ण जयन्ती चैत ४ देखि १३ सम्म मनाउने गरी १० दिने कार्यक्रम तयारी गरेको जनाइएको छ।
" />काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले (ट्रम्प गोल्ड कार्ड) को शुभारम्भ गरेका छन् । कार्डको मूल्य एक मिलियन डलर रहेको छ अर्थात नेपाली रुपैयाँ करिब १४ करोड ३१ लाख । यस वर्षको फेब्रुअरीमा, ट्रम्पले (गोल्ड कार्ड) नामक नयाँ भिसा कार्यक्रम सुरु गर्ने घोषणा गरेका थिए । त्यतिबेला, उनले मूल्य ५ मिलियन डलर हुने बताएका थिए