एजेन्सी, २७ फागुन । चीन र रुसले चन्द्रमामा अन्तरिक्ष स्टेशन बनाउने घोषणा गरेको जनाएको छ ।
रुसी रोसकोसमोसले चीनको न्याश्नल स्पेस एड्मिनिस्ट्रेशनसँग चन्द्रमाको सतह, बाहिरी कक्ष वा दुवै स्थानमा अनुसन्धान सुविधाहरू विकास गर्न सहमति गरेको बताएको बीबीसीमा उल्लेख छ। स्टेशन अन्य देशका लागि पनि उपलब्ध हुने जनाइएको छ ।
पहिलो मानवयुक्त अन्तरिक्षयानको उडानको साठिऔँ वार्षिकोत्सव मनाउने तयारी भइरहको समयमा घोषणा गरिएको बताइएको छ । इन्टरन्याश्नल साइन्टिफिक लूनर स्टेशनले चन्द्रमाको अध्ययन र उपयोग अनुसन्धान लगायतका अन्तरिक्षसम्बन्धी कामहरू गर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

चिनियाँ भाषाको विज्ञप्ति अनुसार चीन र रुसले अन्तरिक्ष विज्ञान, अध्ययन र विकासमा बटुलेको अनुभव एवम् अन्तरिक्ष उपकरण र अन्तरिक्ष प्रविधि प्रयोग गरेर संयुक्त रूपमा इन्टरन्याश्नल साइन्टिफिक लूनर स्टेशनको निर्माणका लागि कार्ययोजना तयार गरेका छन् ।




