सभामुख अग्नि प्रसाद सापकोटाले आगामी चैत ३ गते दिउँसो १ बजेसम्मका लागि संसद बैठक स्थगित गरेका हुन् ।

बैठकले प्रतिनिधिसभा सदस्य सानु शिवा र सूर्यबहादुर केसी, पूर्वसदस्यहरु दीपकबहादुर गुरुङ, डा. राममान श्रेष्ठ र संविधानसभा सदस्य मानपुर चौधरीको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।

यसैगरी पूर्व सदस्यहरु वीरबहादुर लामा, ओमकार प्रसाद गौचन, इन्द्रहाङ लिम्बु, संविधानसभा सदस्य भीमप्रसाद गौतम, पूर्व सदस्य कमानसिंह लामा, गंगादत्त जोशी, एकनाथ रानाभाट, डा. शंकरप्रसाद उप्रेतीको निधनमा पनि संसद बैठकले शोक प्रस्ताव पारित गरेको छ ।

शोक प्रस्ताव पारित भएपछि सभामुख सापकोटाले आगामी चैत ३ गते दिउँसो १ बजे मंगलबार फेरी बोलाएका छन्।

" /> शोकप्रस्ताव पारित गरी संसद बैठक चैत ३ गते सम्मका लागि स्थगित - Sarbocha Media

शोकप्रस्ताव पारित गरी संसद बैठक चैत ३ गते सम्मका लागि स्थगित

`

     २०७७ फाल्गुन २६ गते ८:१३

काठमाडौँ, २६ फागुन । प्रतिनिधिसभाको बैठक गत असारयता निधन भएका सांसदहरुप्रति शोक प्रस्ताव पारित गरी बैठक स्थगित गरेको छन् ।

सभामुख अग्नि प्रसाद सापकोटाले आगामी चैत ३ गते दिउँसो १ बजेसम्मका लागि संसद बैठक स्थगित गरेका हुन् ।

बैठकले प्रतिनिधिसभा सदस्य सानु शिवा र सूर्यबहादुर केसी, पूर्वसदस्यहरु दीपकबहादुर गुरुङ, डा. राममान श्रेष्ठ र संविधानसभा सदस्य मानपुर चौधरीको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।

यसैगरी पूर्व सदस्यहरु वीरबहादुर लामा, ओमकार प्रसाद गौचन, इन्द्रहाङ लिम्बु, संविधानसभा सदस्य भीमप्रसाद गौतम, पूर्व सदस्य कमानसिंह लामा, गंगादत्त जोशी, एकनाथ रानाभाट, डा. शंकरप्रसाद उप्रेतीको निधनमा पनि संसद बैठकले शोक प्रस्ताव पारित गरेको छ ।

शोक प्रस्ताव पारित भएपछि सभामुख सापकोटाले आगामी चैत ३ गते दिउँसो १ बजे मंगलबार फेरी बोलाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?