advertisement

अप्ठ्यारो ठाउँ भए पनि कार्य क्षेत्रभित्रको सीमा स्तम्भ भएको कारण बेला बेलामा पुग्ने गरेको सुरक्षाकर्मी बताउँछन् । यस्तै छायालेकमा रहेको सीमा प्रहरी चौकीले रकाङ, तिंकर गाउँ, स्याङ्खोला, टाटा लगायतका क्षेत्रमा नियमित गस्ती गर्छ ।

अत्यधिक हावाहुरी चल्ने ठाउँ छायालेकमा उनीहरु त्रिपालले छानो छाउने तथा झ्याल ढोकामा समेत त्रिपाल राखेर रात बिताउन बाध्य छन् । सानो भवनभित्र मिलेर रात काट्नुपर्ने प्रहरीको बाध्यता छ । भवन नभएका हैनन्, तर भवनको छत राखिएको छैन । थोरै जस्तापातामा त्रिपाल राखेर बस्ने गरेको प्रहरी सुनाउँछन् ।

छायालेकका दुवै भवन बस्न लायक छैन । अहिले प्रहरीले एउटै भवनको दुई कोठामा जस्तापाता र त्रिपाल राखेर रात बिताउँछन् । विगतमा यो क्षेत्रमा रहेको प्रहरी चौकी भवनमा आगजानी भएपछि त्यसयता मर्मत सम्भार हुन नसक्दा प्रहरीले चिसो ठाउँमा त्रिपालको सहारा लिनुपरेको हो ।

दिनभरी हावाहुरी चल्छ । प्रहरी चौकी इञ्चार्ज महताले भने, ‘पहिल्यैदेखि यस्तै भवनमा प्रहरी बसेका रहेछन् । यो क्षेत्रमा आगो बाल्न दाउँरा खोज्नै मुस्किल छ । चिसो ठाउँमा रात बिताउने प्रहरीले जमिन भित्रको रुखका जरा खोजेर आगो बालेर रात बिताउँछन् । गाउँभन्दा झण्डै एकदेखि डेढ घण्टाको दूरीमा प्रहरी चौकी छ । गाउँसम्मै गस्ती गर्न सास्ती छ ।’

छांगरु प्रहरी भवन जीर्ण

तिंकरका छायालेक सीमा प्रहरी चौकी मात्र हैन्, छांगरुमा रहेको नेपाल प्रहरीको भवन पनि जीर्ण छ । विगतमा भेडा बाख्रा राखिएको गोठमा नेपाल प्रहरीले रात बिताउँदै आएको छ ।

व्यास गाउँपालिकाका कर्मचारी दिपक खातीले भने, ‘राष्ट्को सुरक्षामा खटिएको प्रहरी बस्ने ठाउँको लागि पहल हुनुपर्छ । यी दुवै प्रहरी चौकीका भवन देख्दा साह्रै चित्त दुख्यो । जीर्ण प्रहरी चौकीको अवस्थाबारे गाउँ सभामा कुरा राख्छु । यो वर्ष मर्मतको लागि भए पनि बजेट छुट्याउन आग्रह गर्छु ।’

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक पदमबहादुर विष्ट छांगरु र तिंकर प्रहरी चौकीको भवनबारे आफूले माथिल्लो निकायमा जानकारी गराएको बताउँछन् । प्रहरीलाई बाह्रैमास राख्नको लागि आधुनिक सुविधायुक्त भवन चाहिन्छ । प्रदेश र संघीय सरकारसँग भवनको बारेमा जानकारी पुगेको छ ।

प्रहरीलाई फोन छैन

छांगरुमा इन्टरनेट र फोन सुविधा रहेपनि तिंकरमा फोन सेवा छैन् । तिंकर प्रहरी चौकी रहेको ठाउँमा फोन लाग्दैन । सञ्चार सेटमार्फत जिल्लामा सम्पर्क गर्नुबाहेक घरपरिवारसँग कुराकानी गर्न फोन सेवा छैन ।

छांगरुमा राखिएको स्काइ फोन टावर तिंकरसम्म काम गर्न नसक्दा प्रहरी मात्र हैन स्थानीयसमेत फोन सेवाबाट वञ्चित भएका छन् ।

दुई साताअघि नेपाल प्रहरी र सशस्त्र प्रहरीले नेपाल चीन सीमा स्तम्भसम्म संयुक्त गस्ती गरेका छन् । झण्डै साढे पाँच हजार मिटर उचाइमा रहेको नेपाल चीन सीमा स्तम्भमा दुवै सुरक्षा निकायले संयुक्त गस्ती गरेका हुन् ।

सशस्त्र प्रहरी व्यास गाउँपालिकाको वडा नम्बर १ छांगरुको गागामा छ । गागाबाट खटिएको प्रहरी निरीक्षक लिलीबहादुर चन्द र नेपाल प्रहरीका छायालेक तिंकर सीमा प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक हरकसिंह महता नेतृत्वको टोलीले संयुक्त रुपमा सीमा स्तम्भसम्म गस्ती गरेका छन् ।

" /> मुख्य समाचार Archives - Page 212 of 316 - Sarbocha Media

मुख्य समाचार

ट्रम्पले ल्याए ट्रम्प गोल्ड कार्ड कार्यक्रम, १०,००,००० डलर तिरे नागरिक बन्ने

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले (ट्रम्प गोल्ड कार्ड) को शुभारम्भ गरेका छन् । कार्डको मूल्य एक मिलियन डलर रहेको छ अर्थात नेपाली रुपैयाँ करिब १४ करोड ३१ लाख । यस वर्षको फेब्रुअरीमा, ट्रम्पले (गोल्ड कार्ड) नामक नयाँ भिसा कार्यक्रम सुरु गर्ने घोषणा गरेका थिए । त्यतिबेला, उनले मूल्य ५ मिलियन डलर हुने बताएका थिए