एजेन्सी, १ साउन । विश्वका सबै वैज्ञानिकहरु कोरोना भाइरसविरुद्धको खोप बनाउनमा व्यस्त छन् । तर पनि अहिले सम्म कुनै खोपको विकास गर्न सकेको छैन । यसैक्रममा बेलायतले भने यो हप्ताभित्र सम्भावित खोप घोषणा गर्न सक्ने जनाइएको छ ।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार, कोरोना भाइरसविरुद्ध खोप निर्माणमा अरूभन्दा अगाडि रहेको बेलायतको अक्सफोर्ड विश्वविद्यालय र औषधि निर्माता कम्पनी आस्ट्राजेनेकाले यसै साताभित्र सम्भावित खोप घोषणा गर्न सक्ने बताएको छ ।

अक्सफोर्ड विश्वविद्यालय र आस्ट्राजेनेकाले परीक्षण गरिरहेको कोरोना खोपमा छिट्टै (सम्भवत भोलि नै) सकारात्मक खबर सुन्न पाइने खबर बाहिरीएको छ ।




