काठमाडौं, १ साउन । काठमाडौ उपत्यकामा आज बिहीबारदेखि साझा बस पनि गुड्न थालेको छ ।
आजदेखि साझाको २६ वटा बस विभिन्न रुटमा सञ्चालन हुने भएको छ । साझाको ७१ वटा बस रहेका छन् । गाडी लगनखेलदेखि नयाँ बसपार्क, लगनखेलदेखि बुढानिलकण्ठ, गोदावरी रत्नपार्क, लामाटार रत्नपार्क, लगनखेल–सातदोबाटो–कलंकी हुँदै थानकोट, लगनखेल–बानेश्वर–एयरपोर्ट–चाबहिल हुँदै नयाँ बसपार्क, रत्नपार्क–कंलकी–स्वयम्भु हुँदै बालाजु, रत्नपार्कबाट सूर्यविनायक र बुङमतीबाट बुढानिलकण्ठसम्म चल्ने भएको जनाइएको छ ।

सरकारले तोकेको मापदण्डअनुसार साझा यातायातले सेवा दिने भएको छ। सरकारले ५० प्रतिशत बढी भाडा लिन पाउने, मास्क र पञ्जासँगै बसमा स्यानिटाइजर राख्न तथा एउटा सिटमा एक जना मात्रै यात्रु राख्न पाइने नियम बनाएको छ ।




