काठमाडौं, असार ३१ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वीस बैङ्कमा खाता रहेको भन्ने समाचार गलत रहेको जनाइएको छ।
प्रधानमन्त्री ओलीको स्वीस बैङ्कमा ५.५ मिलियन अमेरिकी डलर रहेको भन्दै केही अनलाइन तथा पत्रपत्रिकामा आएको समाचार भ्रामक र गलत रहेको बताइएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जारी गरिएको प्रेस नोटमा “ग्लोबल वाच एनालाइसिस“को हवाला दिँदै केही नेपाली अनलाइनहरूले गैरजिम्मेवारीपूर्ण र बद्नियतका साथ गरिररहेको अत्यन्त भ्रामक, गलत र चरित्रहत्या गर्न लक्षित झुठो सम्प्रेषणप्रति हाम्रो ध्यानाकर्षण भएको उल्लेख छ।




