ब्याजको दबाब पर्ने असार महिनामा बजार बढ्नुलाई सकारात्मक रूपमा लिनुपर्ने रौनियारको तर्क छ। ‘मौद्रिक नीति सकारात्मक आउने र ब्याजदर पनि एकल विन्दुमै रहने भएकोले बजार पुनः लय अवश्य फर्किनेछ’, उनले भने, ‘अहिले ढुक्क भएर लगानी गर्ने समय हो, बोनस खाने समय पनि नजिकिँदै छ।’
सक्रिय लगानीकर्ता प्रकाश न्यौपाने आजको बढाइले बजार दिगो बन्दै गएको रूपमा बुझ्छन्। ‘आज बैङ्किङ सेक्टर चलेको छ’, उनले भने, ‘यसले अब बजार सकारात्मक हुँदै जाने देखिन्छ।’
कोभिडको त्रास घटिसकेकोले अन्य क्षेत्रभन्दा सेयर बजारमा अवसर रहेको न्यौपाने बताउँछन्। कारोबार घट्दैमा डराइहाल्नुपर्ने अवस्था नरहेको रहेको भन्दै न्यौपाने सुरक्षित र बलिया कम्पनीमा लगानी अध्ययन गरेर लगानी गर्दा उचित हुने सुझाव दिन्छन्।
आज नेप्से उपसमूहमा रहेका १३ वटा कम्पनीमध्ये ८ वटामा हरियाली छाएको छ भने ५ वटामा रातो पोतिएको छ। यो दिन जलविद्युत समूह सर्वाधिक २।६७ प्रतिशतले उकालो लागेको छ। बैङ्किङ समूह २.०१ प्रतिशतले बढेको आज लगानी समूहमा ०.५४ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.४८ प्रतिशत, लघुवित्त समूहमा ०.१० प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.४९ प्रतिशत, अन्य समूहमा ०.२५ प्रतिशत र व्यापार समूहमा १.२७ प्रतिशतको बढोत्तरी भएको छ।
यो दिन वित्त समूहमा सर्वाधिक १.७६ प्रतिशत गिरावट आएको छ। विकास बैङ्क समूह १.३६ प्रतिशतले घटेको आज होटेल तथा पर्यटन समूह १.१९ प्रतिशत, जीवन बिमा समूह ०.०७ प्रतिशत र निर्जीवन बिमा समूह ०.२४ प्रतिशतले ओरालो लागेका छन्।
धेरै कारोबार गर्ने कम्पनीहरू
आज नेप्सेमा सूचीकृतमध्ये २२७ कम्पनीका २ करोड ९ लाख ७४ हजार ३७७ कित्ता सेयर ७ अर्ब १६ करोड ७४ लाख ३२ हजार ७२८ रुपैयाँमा किनबेच भएका छन्।
यो दिन नेसनल हाइड्रोपावरको सर्वाधिक ४० करोड ७० लाख रुपैयाँ बढीको कारोबार भएको छ। सेञ्चुरी कमर्सियल बैङ्कको ३७ करोड ८३ लाख रुपैयाँ बराबरको कारोबार भएको आज नेपाल पुनर्बीमा कम्पनीको ३४ करोड १८ लाख रुपैयाँ, एचआईडीसीएलको २५ करोड ८८ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सको २२ करोड ८० लाख रुपैयाँ, सिभिल बैङ्कको २० करोड ८१ लाख रुपैयाँ, एनआईसी एसिया बैङ्कको १९ करोड ४० लाख रुपैयाँ, राधी विद्युत् कम्पनीको १६ करोड ६२ लाख रुपैयाँ, निफ्राको १५ करोड ६५ लाख रुपैयाँ र हिमालयन डिस्टिलरीको १२ करोड ९३ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज सेञ्चुरी कमर्सियल बैङ्क र अप्पर तामाकोशीका सेयर धनीहरू मालामाल भएका छन्। यी दुवै कम्पनीको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको छ। युनाइटेड इदी मर्दीको सेयर भाउ पनि ७ प्रतिशत बढीले उकालो लागेको छ।
आज गोर्खाज फाइनान्सका सेयर धनीहरूले धेरै गुमाए। यो कम्पनीको सेयर मूल्यमा ४ प्रतिशत बढीको गिरावट आएको छ।
" />
पैसा Archives - Page 71 of 115 - Sarbocha Media
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले (ट्रम्प गोल्ड कार्ड) को शुभारम्भ गरेका छन् । कार्डको मूल्य एक मिलियन डलर रहेको छ अर्थात नेपाली रुपैयाँ करिब १४ करोड ३१ लाख । यस वर्षको फेब्रुअरीमा, ट्रम्पले (गोल्ड कार्ड) नामक नयाँ भिसा कार्यक्रम सुरु गर्ने घोषणा गरेका थिए । त्यतिबेला, उनले मूल्य ५ मिलियन डलर हुने बताएका थिए